ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविसहितलाई धरौटीमा रिहा गर्ने आदेशको कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालतको आदेश


एबीसी न्यूज

काठमाडौं ८ माघ । सूर्यदर्शन सहकारी ठगीका आरोपितलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत कास्कीसँग कैफीयत प्रतिवेदन माग गर्ने आदेश भएको छ।

उच्च अदालत पोखराले कास्की जिल्ला अदालतसँग सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहितका ७ जनालाई धरौटीमा छाडेको विषयमा कैफियत प्रतिवेदन माग गर्ने आदेश जारी गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालत कास्कीबाट पुस २५ गते रविसहितका आरोपीलाई धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै निवेदन दिएको थियो।

सोही निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पोखराका न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगीका आरोपीहरु छाड्नुको कारण मागेको उच्चका उपरजिष्ट्रार निलप्रसाद पनेरुले बताए।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको एकल इजलासले रविसहित पूर्वडीआइजी छविलाल जोशी, लिला पछाईं,रामबहादुर खनाल, सहकारीका संस्थापक अध्यक्ष मीना गुरूङ, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरूङ र कोषाध्यक्ष आरती गुरूङलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

सर्वोच्चले उल्ट्यायो खोला किनारको २० मिटर मापदण्ड : काठमाडौंका नदी–खोला क्षेत्रमा अब निर्माण सहज

सम्बन्धित

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

सर्वोच्चले उल्ट्यायो खोला किनारको २० मिटर मापदण्ड : काठमाडौंका नदी–खोला क्षेत्रमा अब निर्माण सहज

धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, आयोगले सरकारलाई गरायो जानकारी

कांग्रेस विवादमा ब्रेक : गगन-शेखरबीच सहमति पक्का

गगन-शेखर मिलेर जाने सहमति : सुनिल शर्माको दाबी, कांग्रेस एकताको नयाँ अध्याय सुरु ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com