ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर फर्स्योट आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश


एबीसी न्यूज

काठमाडौं ८ माघ । सर्वोच्च अदालतले विवादित कर फर्स्योट आयोगको सक्कल फाइल झिकाउने आदेश गरेको छ।  न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले आयोगले गरेका निर्णयसम्बन्धी सम्पूर्ण कागजात तथा प्रतिवेदनहरू झिकाउने आदेश भएको आदेश गरेको हो।

यस प्रकरणमा आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालगायत आयोगका पदाधिकारीहरू विशेष अदालतबाट दोषी ठहर भएका छन्। २०७१ माघ २२ मा मन्त्रिपरिषद्ले गठन गरेको आयोगमा चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज ९एलडी० महत अध्यक्ष थिए भने उमेश ढकाल सदस्य र शर्मा सदस्य सचिव थिए।

आयोगमा छँदा उनीहरूले व्यापारीहरूलाई ठूलो रकम अन्धाधुन्ध छूट दिएर भ्रष्टाचार गरेको अभियोग अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगाएको थियो।

त्यतिखेर कर फर्स्योटका नाममा १ हजार ६९ वटा करदाता कम्पनीले सरकारलाई बुझाउँछु भनेको र बुझाउनुपर्ने ३० अर्ब ५२ करोड ५८ लाखमध्ये २१ अर्ब रुपियाँ छुट दिएको पाइएको थियो। बाँकी ९ अर्ब ५४ करोड ६१ लाख रुपियाँ मात्र सरकारलाई तिर्नुपर्ने गरी आयोग र ती करदाताबीच सम्झौता गरिएको थियो।

अख्तियारले शर्माविरूद्ध कर फर्स्योट प्रकरणका अलावा अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दा पनि चलाएको थियो। विशेष अदालतबाट कर फर्स्योट प्रकरणमा तीनै जना दोषी ठहर भएका थिए। अकुत सम्पत्ति आर्जनको अभियोगमा शर्माले सफाइ पाएका थिए।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले महतलाई ९ वर्ष १ महिना कैद तोकेको थियो। ढकाल र शर्मालाई त्योभन्दा एक महिना कम ९ वर्ष कैद सजाय तोकेको छ।

प्रत्येकले बिगो र जरिवाना गरी ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने विशेषको फैसला छ।

हाल शर्मा र महत कारागार कार्यालय, डिल्लीबजार, काठमाडौँमा छन्।

सर्वोच्चमा पुनरावेदन गर्नुअघि कैद र जरिवानावापतको रकम जम्मा नगरेका कारण उनीहरू थुनामा गएका हुन्।

यस्तै उनीहरूले आफूलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका छन्। यस्तै विशेष अदालतका फैसलामा अख्तियारले पनि चित्त नबुझाएर सर्वोच्चमा पुनरावेदन गरेको छ।

शर्माले सरकारी सेवामा रहँदाको अवधिभर ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनीरूपमा आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क-कसलाई लाग्नेछ निर्वाचन आचारसंहिता ?

साइबर ब्यूरो पुग्यो दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न माग गरिएको पत्र

सम्बन्धित

क-कसलाई लाग्नेछ निर्वाचन आचारसंहिता ?

साइबर ब्यूरो पुग्यो दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न माग गरिएको पत्र

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

सर्वोच्चले उल्ट्यायो खोला किनारको २० मिटर मापदण्ड : काठमाडौंका नदी–खोला क्षेत्रमा अब निर्माण सहज

धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, आयोगले सरकारलाई गरायो जानकारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com