ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा एमालेका मन्त्रीसँग कांग्रेसको असन्तुष्टि, संसद्‌बाटै शाहीले दिए सरकार छाड्ने चेतावनी


एबीसी न्यूज

काठमाडौं ७ माघ । नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढासँग सत्ता साझेदार दल नेपाली कांग्रेस असन्तुष्ट बनेको छ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मन्त्री बुढाको विकल्प नदिए सरकारमा सहभागी हुने विषयमा पुनर्विचार गर्ने चेतावनी दिएका छन्।

सोमबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशनको पहिलो बैठकमा बोल्दै शाहीले मन्त्री बुढाको कार्यशैलीप्रति प्रश्न उठाउँदै तत्काल मन्त्रीका बारेमा आवश्यक निर्णय नदिए सरकार छाड्ने चेतावनी दिएका हुन्।

सांसद शाहीले मन्त्री बुढाले फोन नउठाएको आक्रोश पोक्दै हुम्लामा संघीय सरकारको समपूरक अनुदानमा दुई वर्षदेखि अगाडि बढाउन खोजिएको आयोजनालाई मन्त्री बुढाले स्रोत सुनिश्चितताका नाममा रोक्न खोजेको आरोप लगाए।

उनले भने, ‘म यहाँ आइसकेपछि मेरो भाइ पनि हुन्, मैले आज भन्नुपर्ने हुन्छ, भौतिकमन्त्रीलाई मैले चाररपाँच पटक फोन गरेँ, तर फोन उठेन। जे भएपनि उसले सोच्यो होला जीवन शाही गइसक्यो आउँदैन, यसको किन फोन उठाउने भन्ने उसलाई पर्‍यो होला। मैले एउटा सुझाव दिन फोन गर्न खोजेको थिएँ। संघीय सरकारको समपुरक बजेटमा स्रोत सुनिश्चित चाहिँदैन भन्न खोजेको हो। तर, मन्त्रीले रेस्पोन्स नै नगर्ने विषयलाई मैले के रुपमा बुझ्नेरु’

यस्तै, शाहीले संघीय सरकारले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भई स्रोत सुनिश्चितता भइसकेको आयोजनालाई मन्त्री बुढाले रोक्न खोजेको भन्दै सरकारको विकल्पन खोज्नुपर्ने अवस्थामा आइपुगेको बताए।

दुई वर्षदेखि अगाडि बढाउन खोजिएको आयोजनाको ठेक्का प्रक्रिया मन्त्रालयले यस वर्ष पनि अगाडि बढाउन तत्परता नदेखाएकाप्रति मुख्यमन्त्री यामलाल कँडेलको ध्यानाकर्षण गराएको उल्लेख गर्दै शाहीले आफूले उठाएका विषय यथासिघ्र अघि नबढे सरकारमा बस्न उपयूक्त नुहने धारणा राखे।

‘भौतिकको सविच को हुनुहुन्छ म चिन्दिन। यदि यो सरकार कन्टिन्यू हुने हो भने भौतिक मन्त्रीको अवस्था के हुने होरु मन्त्रीले सबैभन्दा ठूलो दलको नेताको फोन नउठाएर के गर्छ र भन्ने हो भने त्यो मन्त्रीलाई स्याक नगरुन्जेल सरकारमा बस्ने कि नबस्ने मुख्यमन्त्रीज्यू यतातर्फ सोच्नु होला।’

मन्त्रालयको ढिलाईले गत वर्ष पनि उक्त आयोजनाका लागि विनियोजन भएको ९ करोड रकम फ्रिज भएको र यो वर्ष पनि बजेट फ्रिज हुने स्थितीको जिम्मा कसले लिने भन्ने प्रश्न शाहीको थियो।

‘दुई महिना अगाडिदेखि भन्दा पनि नसुन्ने, अनि एउटा भौतिक मन्त्री, समीकरणको सरकार छ, फोन नउठाउनेरु यो विषयमा काम भइरहेको छ भन्न पाइँदैन, केही दिनमा नतिजा ननिस्किए कांग्रेस सरकारमा बस्दैन।’

सरकारबारे खुलेरै असन्तुष्टि जनाएका शाहीले एमाले र माओवादी सरकार हुँदा नेपाली कांग्रेससँग गरिएका आठ बुँदे सहमति नभुल्न चेतावनी दिए।

सरकार नै छाडिदिने चेतावनी दिएका शाही रिसाउनुको कारण ‘कैलाश गेटवे’ पनि थियोे।

संघीय र प्रदेश सरकारको ५०र५० प्रतिशत लगानीमा यो योजना हुम्लाको खार्पुनाथ र सिमकोट गाउँपालिकामा लागू गर्न शाहीले खोजेका छन्। दुई वर्ष अगाडी नै कैलाश गेट वेका लागि प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

सम्बन्धित

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

क-कसलाई लाग्नेछ निर्वाचन आचारसंहिता ?

साइबर ब्यूरो पुग्यो दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न माग गरिएको पत्र

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com