ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा ६ हप्ते युद्धविराम शुरु


एबीसी न्यूज

 

काठमाडौं ६ माघ । विगत १५ महिनादेखि युद्धरत गाजामा युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो । सो सम्झौता आइतबार बिहानबाट लागू हुने भनिए पनि केही घण्टा ढिलो युद्धविराम सम्झौता कार्यान्वयनमा आएको हो ।

यससँगै १५ महिनापछि जारी युद्ध अन्त्य भएको छ । तीन चरणमा सम्पन्न गरिने भनिएको सम्झौताको पहिलो चरण आजबाट सुरु भएको हो । सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । सट्टामा इजरायलले १९ सय प्यालिस्टिनी बन्दी र कैदीहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ ।

उनीहरूलाई केही साताभित्र रिहाइ गरिनेछ । सूचीमा रहेका ३३ मध्ये तीन युद्धबन्दी आजै रिहा गरिने हमासले जनाएको छ ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेर १२ सयभन्दा बढीको हत्यागरेसँगै युद्ध चर्किएको थियो । युद्धका क्रममा ४८ हजारभन्दा बढी प्यालिस्टिनीको ज्यान गइसकेको छ ।

युद्धविरामको पहिलो चरण ६ साताको हुने सम्झौतामा उल्लेख छ । यसअवधिमा हमासले बन्धक बनाएका इजरायली सैनिक, महिला, बाल– बालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जना रिहा गरिने भनिएको हो ।

इजरायलले पनि प्यालेस्टिनी बस्तीबाट सेना फिर्ता सुरु गर्ने तथा प्यालेस्टिनीलाई उत्तरी गाजास्थित घर फर्कन अनुमति दिइने र ती स्थानमा मानवीय सहायताका लागि हरेक दिन करिब ६ सय ट्रकलाई प्रवेश अनुमति दिने सम्झौतामा उल्लेख छ ।

दोस्रो चरणमा इजरायली सेना गाजाबाट पूर्णरूपमा फिर्ता हुने भनिएको छ । यस्तै, हमासले आफ्नो नियन्त्रणमा रहेका इजरायली सैनिकलगायत थप बन्दी रिहा गर्ने सम्झौत छ । तर, त्यसअघि पहिलो चरणको युद्धविरामको समीक्षा हुनेछ ।

युद्धविरामको तेस्रो चरण भने गाजाको पुनर्निर्माणसँग बढी सम्बन्धित छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार यो चरणमा तीन देखि पाँच वर्षे पुनर्निर्माणको योजना कार्यान्वयन अघि बढ्ने छ । अन्तर्राष्ट्रिय समुदायको सहयोगमा गाजा पुनर्निर्माणको प्रक्रिया अघि बढ्नेछ । त्यसअघि हमासले बाँकी बन्धक र बन्दी अवस्थामै ज्यान गुमाएकाहरूको शव फिर्ता गर्ने छ ।

१५ महिने युद्धको क्रममा इजरायलको आक्रमणबाट गाजामा रहेका ६० प्रतिशत संरचना ध्वस्त भएका छन् भने २३ लाखभन्दा बढी विस्थापित भएका छन् । युद्धमा परेर मृत्यु भएका करिब ४८ हजारमध्ये १८ हजारभन्दा बढी बालबालिका छन् । युद्धका कारण एक लाखभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भोलि चार प्रदेशमा वर्षाको सम्भावना, आजको मौसम कस्तो रहला ?

गगन थापाले सर्लाही–४ रोजेपछि क्षेत्रमा कडा प्रतिस्पर्धा : अमरेश सिंह मुख्य चुनौती

सम्बन्धित

गगन थापाले सर्लाही–४ रोजेपछि क्षेत्रमा कडा प्रतिस्पर्धा : अमरेश सिंह मुख्य चुनौती

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com