ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुप्रिम सहकारी ठगी प्रकरण, रवि र छविसँग ८ करोड ४१ लाख रुपैयाँ बिगो दाबीसहित रुपन्देही अदालतमा मुद्दा दर्ता हुँदै


एबीसी न्यूज

काठमाडौं ३ माघ । इलाका प्रहरी कार्यायले बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका थप १४ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रूपन्देही जिल्ला अदालतमा बिहीबार नै मुद्दा दर्ताको तयारी गरेको छ । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्न लागिएको हो । रवि लामिछानेलाई ४ करोड १३ लाख र छविलाल जोशीलाई ४ करोड २८ लाख रुपैयाँसहित ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो माग गरिएको छ । यसअघि प्रहरीले सुप्रिम सहकारीकै रकम अपचलन गरेको अभियोगमा गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।

प्रहरीले गत शुक्रबार नै ४ सय पेज बढीका दुई प्रतिवेदन सरकारी वकिलको कार्यालयई बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले मुद्दा दर्ताका लागि कागज रुजु गर्ने काम भइरहेको र केही बेरमा मुद्दा दर्ता हुने बताए ।

‘हामीले आजै मुद्दा दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेका छौं,’ उनले भने, ‘अहिले कागज पञ्जीकरण गर्ने काम भइरहेको छ ।’ सुरु प्रतिवेदनका २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १४ जना थप गरेर प्रहरीले ४२ जनालाई मुद्दा चलाउनु पर्ने राय प्रतिवेदनमा दिएको छ । असोज ५ गते रवि र छविविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले थप पूरक प्रतिवेदन तयार गरेको हो ।

स्रोतका अनुसार प्रतिवेदनमा रवि लामिछानेलाई व्यक्तिगत २ करोड र सामूहिक दायित्व २ करोड १३ लाख गरी ४ करोड १३ लाख रुपैयाँ, छविलाल जोशीलाई २ करोड ५० लाख व्यक्तिगत र १ करोड ७८ लाख सामूहिक दायित्व गरी ४ करोड २८ लाख बिगो दाबी माग गरिएको छ । सुप्रिमबाट २ करोडको ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ लामिछानेको खातामा गएको देखिएको छ ।

त्यसको भौचरसहित प्रहरीले प्रतिवेदनमा समेटेर २ करोडलाई व्यक्तिगत र अन्यलाई सामूहिक दायित्वमा उल्लेख गरेको छ । लामिछानेका नाममा २०७७ चैत १८ गते २ करोड रकम ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको थियो । उक्त रकमको भौचर सुप्रिमका व्यवस्थाप सागर केसीले सदर गरेका थिए । सुप्रिमकी कर्मचारी रोशनी गुरुङले लामिछानेका नाममा जम्मा गरेकी थिइन् ।

रकम जम्मा गरेकै आधारमा प्रहरीले यसअघि रोशनीलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतले उनलाई २ लाख धरौटीमा रिहा गरेको थियो । त्यस्तै प्रहरीले गितेन्द्रबाबु राईलाई ४ करोड ९ लाख रुपैयाँ थप बिगो, दीपक लामालाई ४ करोड २५ लाख, नरेश जिसीलाई ३ करोड, हेमन्त अधिकारीलाई २ करोड ७७ लाखसहित ४२ जनाबाट बिगो भराउने गरी मुद्दा दर्ता गर्न भनेको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब १२ करोड भन्दा बढी रकम अपचलन भएको छ । कास्की प्रहरी हिरासतमै रहेका बेला कात्तिक ८ गते जिल्ला अदालत रूपन्देहीबाट पनि लामिछानेलाई पक्राउ पुर्जी जारी भएको थियो । कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला कात्तिक २७ गते भैरहवा ल्याएर रूपन्देहीको सुप्रिम सहकारी ऋण तथा बचत संस्थाको रकम अपचलन सम्बन्धमा बयान भएको थियो ।

तीन दिनसम्म बयान गराएर लामिछानेलाई पुनः कास्की नै लगिएको थियो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा गत वैशाख ३ गते रूपन्देही जिल्ला अदालतमा दर्ता भएको थियो । सुरु मुद्दाका आधारमा सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ पुर्पक्षका लागि थुनामा छन् । कर्मचारी रोशनी गुरुङ, सुप्रिम सहकारीका पूर्व सचिव एवं पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसहित ६ जनालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

आज सोनाम ल्होसार, घोडा वर्षको शुभारम्भ

सम्बन्धित

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

आज सोनाम ल्होसार, घोडा वर्षको शुभारम्भ

पूर्वमन्त्री जसपाका नेता प्रदीप यादव एमाले प्रवेश, पर्सा–१ बाट पुनः चुनाव लड्ने

नेपाली कम्युनिस्ट पार्टीले ४६ जिल्लामा उम्मेदवार टुंग्यायो (सूची)

समानुपातिकतर्फ ३२१३ उम्मेदवारको बन्दसूची सार्वजनिक : माघ १० सम्म दाबी–विरोधको समय(सूची)

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com