ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा हिमपात र हिमआँधीका कारण पाँच जनाको ज्यान गयो


एबीसी न्यूज
पुस २३, २०८१ मंगलबार   ११ : ५३   बजे

काठमाडौं २३ पुस । अमेरिकामा हिमआँधीका कारण पाँच जनाको ज्यान गएको छ । केही दिनदेखि अमेरिकाको विभिन्न राज्यमा परेको बाक्लो हिमपात, चिसो हावा र हिमआँधीका कारण कठ्याङ्ग्रिएर र दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको हो ।

मिसौरी राज्यमा हिमपातको समयमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कान्सासमा कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चिसोले कठ्याङ्ग्रिएर टेक्सासमा एक जना र भर्जिनियामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

अमेरीकी अधिकारीहरूले स्थानीयवासीहरूलाई प्रभावित क्षेत्रमा गाडी नचलाउन आग्रह गर्दै आएका छन् । चिसोका कारण धेरै विद्यालयहरु बन्द हुनुका साथै यात्रामा अवरोध भइरहेको छ ।

अमेरिकाको सात राज्यहरु मेरील्याण्ड, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टकी र अर्कान्सासमा आपत्काल घोषणा भएसँगै हिमपातका कारण विद्युत पनि कटौती हुँदा लाखौँ मानिस हिजो बेलुकादेखि प्रभावित भएका छन् ।

खराब मौसमका कारण दुई हजारभन्दा धेरै उडानहरू रद्द भएका छन् भने झण्डै ६ हजार पाँच सय उडानमा ढिलाइ भएको खबरमा उल्लेख छ ।

मौसमविद्हरूका अनुसार हिमपात र चिसो हावा अझै केही हप्तासम्म देशको केही भागमा रहिरहने अनुमान छ । वासिङ्टन डीसीको मेरील्याण्ड र भर्जिनिया ५ देखि ९ इन्चसम्म हिउँ जमेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाको न्युयोर्कलगायत अरु विभिन्न ठाउँमा पनि हिमपात र चिसो आँधीले लाखौँको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group