ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्टार्टअप कर्जाको लागि १३ सयभन्दा धेरै परियोजना प्रारम्भिक सूचीमा


एबीसी न्यूज

काठमाडौं २२ पुस । दोस्रो चरणको स्टार्टअप उद्यम कर्जा परियोजनाका लागि १३ सयभन्दा धेरै परियोजना प्रारम्भिक सूचीमा परेका छन् ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमका लागि परेका प्रस्तावमध्ये १३ सय १४ वटा परियोजनालाई प्रारम्भिक सूचीमा छनौट गरेको हो ।

कर्जा परियोजनाको लागि पाँच हजारभन्दा धेरै आवेदन परेकोमा कृषि फार्म, होस्टेल, घरेलु उद्योग, सूचना प्रविधि क्षेत्र लगायतलाई प्राथमिकता दिएर प्रारम्भिक सूचीमा छनौट गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रारम्भिक सूचीमा परेका परियोजनाका सञ्चालकहरुलाई प्रतिष्ठानले प्रस्तुतिकरणका लागि बोलाएको छ । प्रस्तुतिकरणका लागि यही पुस २८ गतेदेखि आउँदो चैत ११ गतेसम्मको समय तोकिएको छ ।

‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ अनुसार छनौट भएका उद्यम तथा परियोजनालाई धितो मानेर ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा पाउन सकिने व्यवस्था छ ।

कर्जा अवधि बढीमा ५ वर्षको हुनेछ भने कर्जाको पहिलो किस्ता लिएको १ वर्षपछि सावाँ या ब्याजको रकम फिर्ता गर्न शुरू गर्नुपर्ने हुन्छ ।

सरकारले नवीनतम् ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न गराउन सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था गरेको हो । कार्यविधि बमोजिम कर्जा प्राप्त गर्न उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको हुनुपर्नेछ ।

प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रुपमा उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको हुनुपर्नेछ ।

यस्तै उद्यम व्यवसाय स्थापना भएपछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको, सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेको, नवीन एवम् सिर्जनशील सोचलाई उद्यम व्यवसायको रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएका उद्यमले यस्तो कर्जा पाउनेछन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

सम्बन्धित

आज देशभर उम्मेदवारी दर्ता: चार पूर्वप्रधानमन्त्री चार फरक प्रदेशबाट उमेद्वार, देउवा आउट

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव नलड्ने घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com