ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छविको बयान, रवि र जीबीको गलत नियत बुझेपछि कम्पनी छाडेँ


एबीसी न्यूज

काठमाडौं २१ पुस ।  स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा प्रतिवादी बनाइएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीले जीबी भन्ने गितेन्द्र बाबु राई र रवि लामिछानेको नियत गलत रहेको बयान दिएका छन्।

यसअघि नै जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट झिकाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रहरीले उनको बयान लिएको थियो। बयानका क्रममा आफू निर्दोष रहेको दाबी गरेका जोशीले जीबी र रविको गलत नियत बुझेर नै आफूले गोर्खा मिडिया नेटवर्क छाडेको बयान दिएका छन्।

‘गोरखा मिडिया नेटवर्क प्रालिबाट छोटो समयमा आफू प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेको गलत नियत बुझी कम्पनी छाडि गएको हुँदा मलाई सो सम्बन्धमा कुनै चासो हुने कुरा रहेन’, पूर्वडीआईजी जोशीले बयानमा भनेका छन्।

रकमको सम्बन्धमा जीबी र रविलाई नै थाहा हुने उनको बयान छ। रवि र जीबीले विभिन्न मितिमा चेकमार्फत सहकारीको खातामा जम्मा गरिदिएको ९३ लाख ६ हजार ६६० रुपैयाँको विषयमा पनि उनीहरूलाई थाहा हुने छविको बयान छ।

स्वर्णलक्ष्मी सहकारीबाट पटक पटक गरी २ करोड ६५ लाख रुपैयाँ गोर्खा मिडियाको खातामा जम्मा भएको विषयमा पनि उनले हाल आएर मात्रै थाहा भएको बताएका छन्।

भौचरमा देखिएको १ करोड १८ लाख २८ हजार ११० रुपैयाँ पनि आफूले सहकारीबाट नलिएको उनको दाबी छ। भौचरमा संलग्न भएको उनको नामको निवेदन पनि आफ्नो नभएको जिकिर जोशीले गरेका छन्।

छविलाल जोशीको नामबाट खोलिएको स्वर्णलक्ष्मी सहकारीको खाता पनि आफ्नो नभएको भन्दै उनले आफ्नो नाममा फर्जी खाता सञ्चालन गर्ने व्यक्तिलाई पनि कारबाहीको माग गरेका छन्।

सहकारीको सफ्टवेयरमा उनीहरूले सामूहिक जमानीमा ३ करोड ४२ लाख ९८ हजार रुपैयाँ ऋण लिएको देखिएको थियो। तर आफू कम्पनीमा नभएकाले यस विषयमा पनि कुनै जानकारी नभएको जोशीले बयानमा दाबी गरेका छन्।

उनका नाममा जारी भएको एक करोड १८ लाख २८ हजार ११० रुपैयाँ २०७८ चैत ९ मा लिएको र सोही चैत २९ मा फिर्ता गरेको देखिएको छ।

उनले सबै कसुरमा इन्कार गरेर बयान दिएका छन्। तर अदालतमा उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

उनीहरुबाट जम्मा २ अर्ब ४१ करोड बढी बिगो माग दाबी गरिएको छ। हरेकको हकमा छुट्टा छुट्टै दाबी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सिताराम अर्यालले बताए।

छविलाई ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो कायम गरिएको छ। उक्त बिगो भराउन र कैदसहितको सजाय गर्न अभियोगपत्रमा माग गरिएको छ। अहिले कास्की अदालतमा उनीहरुको थुनछेक बहस चलिरहेको छ। त्यहाँ थुनछेक आदेश भएपछि काठमाडौँ ल्याउने तयारी छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीका ६६९ जना बचतकर्ताले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ ठगीएको भन्दै जाहेरी दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसमा टिकट पर्वः रामहरिको खोसियो, शशंका आउट, सिन्धुलीमा पनि फेरियो

गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने, अझै केही क्षेत्रको तानातान बाँकी

सम्बन्धित

कांग्रेसमा टिकट पर्वः रामहरिको खोसियो, शशंका आउट, सिन्धुलीमा पनि फेरियो

गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने, अझै केही क्षेत्रको तानातान बाँकी

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

सर्वोच्चमा रिट : रविको अभियोग फिर्ता मिल्छ कि मिल्दैन ? :केलाउनु पर्ने ४ प्रश्न

जेनजी आन्दोलनमा जलाइएका संरचनाको निरीक्षण गरेर अध्यक्ष ओलीले चुनावी अभियान सुरु गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com