ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीमा बहसलाई बन्देज गर्नु कुनै कोणबाट पनि उचित होइन – एमाले नेता थापा


एबीसी न्यूज
पुस १८, २०८१ बिहीबार   ४ : १९   बजे

काठमाडौं १८ पुस ।   नेकपा एमालेले तीन केन्द्रीय नेतामाथि कारबाही गरेपछि पार्टीभित्र नेतृत्वको आलोचना र प्रतिरक्षाको क्रम तीव्र बनेको छ।

केन्द्रीय तहका नेताहरू नै यसको पक्ष र विपक्षमा बाँडिएका छन्। यसै क्रममा एमाले स्थायी समितिका सदस्य कर्णबहादुर थापाले पार्टीमा बहसलाई बन्देज गर्ने कुरा कुनै कोणबाट उचित नहुने भनी टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा कसैको नाम नलिएर स्वस्थ राजनीतिक र वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता(कार्यकर्ताको धर्म भन्दै विचार र विश्लेषणको शृंखला टुटेमा राजनीतिक धरातल नै सकिने चेतावनी पनि दिएका छन्।

उनले लेखेका छन्, ‘स्वस्थ राजनीतिक, वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता(कार्यकर्ताको धर्म हो। तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैन।’

एमाले सचिवालय बैठकले पुस १० गते पूर्वउपाध्यक्ष डा भीम रावल, स्थायी समिति सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि कारबाही गरेको थियो। रावलको सदस्यतासमेत खोसेर उनलाई पार्टीबाट निकाला गरिएको छ भने पाण्डे र तिम्सेनालाई ५ महिनाका लागि निलम्बन गरिएको छ।

विचारमा आधारित भएर राजनीतिक बहस गर्न सकिने र त्यसमा बन्देज लगाउन नहुने स्थायी समिति सदस्य थापाको धारणा छ।

‘अराजकता र अनुशासनहीनता पनि कहीँ स्वीकार्य हुँदैन,’ उनले लेखेका छन्, ‘विचार र विश्लेषणको शृंखला टुट्यो भने राजनीतिक धरातल सकिन्छ र एक हिसाबले भन्ने हो भने राजनीतिकर्मीको मृत्यु हुन्छ। विचारमा आधारित भएर राजनीतिक बहस गरौँ। सबै प्रकारका असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिन्छ। एमालेको सम्पूर्ण पंक्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ। असभ्यताको प्रदर्शन असामाजिक र गैरराजनीतिक भएकाले कसैका लागि हितकर हुँदैन।’

रावल सुदूरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने एमालेका सबैभन्दा उपल्लो तहका नेता थिए। सुदूरपश्चिमकै थापाले रावल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवादका लागि पहल गरेका थिए, जुन कुरा बुधबार रावलले पत्रकार सम्मेलनमा पनि बताएका थिए। रावलले पत्रकार सम्मेलन गरी अब बेग्लै अभियान सञ्चालन गरी त्यसबाट पार्टी निर्माण गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group