ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेबाट निकालिएका भीम रावलले जागरण अभियान सञ्चालन गर्ने, ओलीलाई ७४ वटा प्रश्न


एबीसी न्यूज

काठमाडौं १७ पुस । नेकपा एमाले बाट निकालिएका नेता डा. भीमबहादुर रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।

नेता रावलले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेर अभियान सञ्चालन गर्ने जानकारी दिनुभएको हो । देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको उहाँले बताउनुभयो ।

यही पुस १० गते बसेको नेकपा एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । नेता रावलले एमाले अध्यक्ष ओलीले निरङ्कुश र अन्यायपूर्ण किसिमले आफ्नो पार्टी सदस्यता खाइदिएको आरोप लगाउनुभएको छ ।

महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिएकै कारण अध्यक्ष ओलीले ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम गरेको रावलले जिकिर गर्नुभयो । रावलले वाचन गरेको ३१ पृष्ठको विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ७४ वटा प्रश्न सोधिएका छन् । रावलले आफूले सोधेका प्रश्नको जवाफ अध्यक्ष ओलीले नदिएमा एमाले पार्टी सकिने दाबी गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्ने घोषणा गर्नुभएको छ । नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नुपरेको रावलको निष्कर्ष छ ।

यस्तै रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरूप नरहेको जिकिर गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com