ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक न्यायको झन्डा उठाउने मेरो प्रयास एकाथरीलाई मन परेको छैन- प्रचण्ड


एबीसी न्यूज

काठमाडौं १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर कुदिरहेको बताएका छन् ।

गृह जिल्ला चितवनमा मंगलबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव समापन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले देशमा स्थिरता कायम गर्न र देश विकासका लागि आफू जनतामाझ आएको बताएका हुन् ।

भ्रष्टाचार, बेथिति, अराजकता फालेर मुलुकमा सामाजिक न्यायको झन्डा उठाउने आफ्नो प्रयासलाई एकथरीका मानिसले मन नपराएको उनले बताए ।

‘मुलुक अप्ठ्यारो स्थितिमा थियो । मुलुकको आर्थिक अवस्थालाई क्रमशः सहज वातावरण बनाउन धेरै मेहेनत पनि गरियो । बिस्तारै देशको आर्थिक अवस्था लयमा पनि फर्किँदै थियो’ उनले भने, ‘छिमेकी मुलुकहरूसँगको सम्बन्ध सन्तुलित बनाउन रेकर्डहरू पनि बनाएकै थिएँ । तर, एक थरी मान्छेहरूलाई यो मन परेन ।’

 

नेपालको छवि उज्ज्वल बनाउन आफूले खेलेको भूमिका कतिपय मानिसलाई मन नपरेको प्रचण्डको गुनासो थियो । ‘आफूले सञ्चालन गरेको सुशासनको अभियान, सामाजिक न्यायको अभयिान, अन्तर्राष्टिय स्तरमा नेपालको छवि उज्ज्वल बनाउन खेलेको भूमिका मन परेन’ उनले भने, ‘म अहिले जनताको बीचमा छु । म खुसी नै छु । फेरि एउटा सपना बोकेर यो देशमा स्थिरता र विकास, समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर म कुदिरहेको छु ।’

आफू प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व लागेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com