ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा तीव्र गतिको मोटरसाइकल ठोकिँदा पछाडि बस्ने युवकको मृत्यु


एबीसी न्यूज

काठमाडौं १६ पुस । काठमाडौँको धर्मस्थलीमा मादक पदार्थ खाएका युवकले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार अर्का युवकको मृत्यु भएको छ।

गएराति साढे नौबजे काठमाडौँको तारकेश्वर नगरपालिका(२ काभ्रेस्थलस्थित मिलन धर्मस्थली स्कुल अगाडि बा ९६ प ६५४९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिँदा मोटरसाइकको पछाडि सवार युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा संखुवासभाको चैनपुर नगरपालिका( ९ घर भई काठमाडौँको बौद्ध बस्दै आएका ३३ वर्षीय कमल राइ रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी रन्जय राउतले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय सुवाश राई गम्भीर घाइते भएका छन्। उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कमलको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमै मृत्यु भएको हो। ‘राति मापसे गरेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको देखिन्छ,’ एसपी राउतले भने।

त्यसैगरी गएराति नै काठमाडौँको कोटेश्वरमा नम्बर नखुलेको मोटरसाइकलले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन्।

काठमाडौँ महानगरपालिका(३२ कोटेश्वर भाटभटेनी नजिक कोटेश्वरबाट बालकुमारी तर्फ जादै गरेको बागमती प्रदेश ०२(०४० प १८०५ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२(०४० प १८०५ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा बागमती प्रदेश ०२(०४० प १८०५ नम्बरको मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका( ६ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने २३ वर्षीय मिलन विक रहेका प्रहरीले जनाएको छ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com