ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता प्राप्तिलाई सहज बनाउँछौँ -गृहमन्त्री लेखक


एबीसी न्यूज

काठमाडौं १२ पुस । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका छन्। शुक्रबार गृहमन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

‘जसले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो। उसले नागरिकता पाउनै पर्छ। तर, नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नुहुँदैन। यी दुईवटा कुरामा स्पष्ट छौं,’ उनले भने।

नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ।

‘मानिसहरूले सहज र सरल रुपमा नागरिकता नपाएको, संविधान र कानुनले नागरिकता पाउने कुराको ग्यारेन्टी गरेको छ,’ उनले भने, ‘तर, प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति र सम्मानित सर्वोच्च अदालतबाट पटक पटक फैसला भएका छन्। पटक पटक निर्देशन दिने काम भएका छन् यी सबै कुरालाई मध्यनजर गरेर नागरिकता प्राप्तमा देखिएका समस्या समाधान गर्न सरकार अगाडि बढेको छ ’

समितिले झण्डै ३ महिनामा सबै कुराको अध्ययन गरेर अहिलेसम्मका कार्यदलका प्रतिवेदन, अदालतका फैसला, हाम्रो मौजुदा कानुनी व्यवस्थाहरु, विभिन्न जिल्ला प्रशासनमा देखिएका जटिलतालाई अध्ययन गरेको छ गृहमन्त्री लेखकले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्यानमा लैजाने बताए।

‘हामी प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गर्छौँ। कहाँ के समस्या औँल्याउनु भएको छरु समधानका उपया के देखाउनु भएको छ। यसको के निष्कर्ष उहाँहरुले दिनुभएको छरु यो कुरालाई अध्ययन गरेर थप आवश्यक काम हामी गर्छौँ।’

गृहमन्त्री लेखकले प्रतिवेदनमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता पाउन सहज हुने लगायतका सुझाव रहेको बताए।

गत भदौको ३१ मा गृहमन्त्रालयका सहसचिव डा। टोकराज पाण्डेको नेतृत्वमा उक्त समिति गठन भएको थियो।

पाण्डे नेतृत्वको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

सम्बन्धित

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com