ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमा पुग्यो नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन


एबीसी न्यूज

काठमाडौं ७ पुस । नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन मन्त्रिपरिषदले अर्थ मन्त्रालय पठाउने निर्णय गरेको छ।

पुस ५ गते बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

गत वर्ष माघमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदनले धितोपत्र बजारको विकासका लागि नयाँ स्टक एक्सचेन्जको अनुमति दिनुपर्ने तथा नेपाल स्टक एक्स्चेन्जलाई प्रतिस्पर्धी बनाउन वैदेशिक साझेदारलाई भित्र्याउनुपर्ने र नेप्सेको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएको थियो।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नयाँ स्टक एक्स्चेन्ज अनुमति दिनुपर्ने सुझावसहितको प्रतिवेदनलाई अर्थ मन्त्रालयमा पठाएको हो। नयाँ स्टक एक्सचेन्जको अनुमति दिने कि नदिने भन्ने विषयमा लामो समयदेखि विवाद छ।

यही बीचमा सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति टुंग्याइसकेको छ। योसँगै तयार भएको पाँच महिनापछि मन्त्रिपरिषदले प्रतिवेदन अर्थ मन्त्रालयमा पठाएको हो।

प्रतिवेदनले धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन एउटा नयाँ स्टक एक्सचेन्ज थप्न अनुमति दिनुपर्ने सुझाव दिएको छ। तर सोही विषयलाई लिएर अनुमति दिने कि नदिने भन्ने विवाद अझै कायमै छ।

यस्तै मन्त्रिपरिषद बैठकले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबर नियमावली २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति समेत दिएको छ।

२५ करोडसम्म चुक्ता पुँजी भएका संस्थाहरुलाई साना तथा मझौला संगठित संस्थाको रुपमा धितोपत्र बोर्डमा दर्ता हुने व्यवस्था गर्नका लागि मस्यौदा तयार पारेको थियो।

मन्त्रिपरिषदले इन्भेष्टमेन्ट कम्पनीकोको सम्पत्ति शुद्धीकरण निवारणको नियामक पनि धितोपत्र बोर्ड बनाउने निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com