ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाली घटनामाथि संसदमा बहस, दोषीमाथि कारबाहीको माग


admin
फाल्गुन २७, २०७४ आईतबार  ६ : ५० बजे

काठमाडौँ, २७ फागुन। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको निर्मम यातनामा संलग्नलाई कडा कारबाही हुनुपर्नेमा संसद्मा आज विशेष महत्व पाएको हो ।

एक्काइसौँ शताब्दीमा पनि महिलामाथि बोक्सीको आरोपमा कुटपिट भएको र दुव्र्यवहार भएको भन्दै प्रतिनिधिसभाको बैठकमा धारणा राख्ने विभिन्न दलका नेताले आरोपीमाथि कारबाही गर्न माग गरेका हुन् ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीमा बोक्सीको आरोपमा भएको ज्यादतिमा संलग्नलाई सरकारले सिधै कारबाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले हात नकमाओस् । दोषीमाथि सिधै कारबाही होस् । जनताले भाषण होइन, दोषीमाथि कडा कारबाही होस् भन्ने चाहेका छन् ।”

अध्यक्ष दाहालले बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कुनै पनि हालतमा नछाड्न र दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन आग्रह गर्नुभयो ।

बोक्सीको आरोपमा चौधरीमाथि आक्रमण भइरहँदा स्थानीयवासी रमिते बनेर बसेका थिए । स्थानीय तहका जनप्रतिनिधिले आरोपीलाई धरौटीमा छुटाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । पीडित राधाको हाल सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बोक्सी भन्दै आक्रमण गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । दोषीलाई कारबाही गर्नुको साटो प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहवरमा छाडेको भन्दै आक्रोश बढ्दै गएको छ । आरोपी छाड्ने इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रहरी नायब निरीक्षक दिनेश विष्टलाई सरकारले निलम्वन गरिसकेको छ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रदा चौधरीले दोषी जोगाउन भूमिका खेलेको आरोप लागेको छ ।

संसद्मा नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले पनि चौधरीमाथि भएको दुव्र्यवहारमा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले केही दिन पहिले वीरगञ्जमा नाबालिकामाथि बलात्कार भएको, कैलालीमा बोक्सीको आरोपमा दुव्र्यवहार भएको भन्दै प्रतिबद्धता जनाएर होइन दोषीलाई कारबाही गरेर जनतालाई विश्वास दिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले बोक्सी प्रकरणमा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

काँग्रेसका सांसद अतहर कमाल मुसलमानले पनि कैलाली र पर्सामा भएको घटनामा संलग्नलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने र तत्काल दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

संसद्मा लगातार बोक्सी प्रकरणका दोषीमाथि कारबाहीको माग उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “ दोषीमाथि कारबाही हुन्छ । सरकारले दोषीलाई कानूनी कारबाहीमा ल्याउने प्रक्रिया शुरु गरिसकेको छ ।”

प्रधानमन्त्रीले महिला हिंसामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने र कुनै छुट नदिइने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com