ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय संसद् भवन परिसरमा सांसदबिच झडप


एबीसी न्यूज
पुस ४, २०८१ बिहीबार   ४ : ३९   बजे

काठमाडौं ४ पुष । भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबिच झडप हुँदा भारतीय जनता पार्टी ९भाजपा० का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको भाजपाले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांसदसारङ्गी र राजपुतलाई फोन गरी उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीले भाजपा सांसदहरूले आफुलाई संसद्मा प्रवेश गर्नबाट रोकेको र धकेलेको आरोप लगाउनुभएको छ ।

काङ्ग्रेसले सत्तारूढ पार्टीका सांसदले धकेल्दा आफ्ना अध्यक्ष मल्लिकार्जुन खड्गेलाई खुट्टामा चोट लागेको बताएको छ । भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणी गरेको बिषयमा सत्तारूढ दल र विपक्षी दलका नेताबीच विवाद चर्किँदा संसद् परिसरमा समेत झडप भएको हो ।

भारतीय जनता पार्टी ९भाजपा० का सांसद सारङ्गीले कांग्रेस नेता राहुल गान्धीको धक्काले आफू घाइते भएको दावी गर्नुभएको छ । सारङ्गीले आफू सिँढीमा उभिरहेको बेला विपक्षी नेताहरूको धकेलाधकेलमा सांसदहरू आफूमाथि लडेको र यसबाट आफ्नो टाउकोमा चोट लागेको बताउनुभएको छ ।

सिंहले पत्रकारसँग भन्नुभयो, “गान्धीले संसद्मा प्रवेश गर्ने क्रममा एक जना सांसदलाई धक्का दिनुभयो उहाँ ममाथि परेपछि म ढलेँ ।”

घटनापश्चात भाजपा सांसदलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो । दुवै सांसदलाई दिल्लीको राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अजय शुक्लाले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरूको स्वास्थ्य परीक्षण भइरहेको छ ।

लक्षणसहितको उपचार सुरु भएको छ । दुवैजनाको टाउकोमा चोट लागेकाले आईसीयूमा भर्ना गरिएको छ ।”

उहाँले भन्नुभयो, “अस्पतालमा ल्याईपुर्‍याँउँदा सांसद् सारङ्गीलाई गहिरो चोट लागेको र अत्यधिक रक्तस्राव भइरहेको थियो, अहिले उहाँको उपचार सुरू गरिएको छ । परीक्षणहरू पनि भइरहेका छन् ।”

शुक्लाले अगाडी भन्नुभयो, “राजपुत बेहोस भएपछि ल्याइएको र अहिले उहाँ होशमा हुनुहुन्छ तर चिन्तित देखिनुहुन्छ ।”

काङ्ग्रेस नेता राहुल गान्धीले घटनामा आफ्नो बचाउ गर्दै भन्नुभयो, “म संसदभित्र पस्ने कोसिस गरिरहेको थिएँ, मलाई भाजपा सांसदहरूले धकेले र अवरोध गर्दै धम्की दिए ।” गान्धीले भन्नुभयो, “उनीहरूले काङ्ग्रेस प्रमुख मल्लिकार्जुन खड़्गेलाई पनि धकेले । यो तपाईंको क्यामेरामा हुन सक्छ ।”

उहाँले थप्नुभयो, “हामीलाई झट्काले असर गर्दैन । यो प्रवेशद्वार हो र हामीलाई भित्र जाने अधिकार छ ।” कांग्रेस सांसद केसी वेणुगोपालले भारतीय जनता पार्टी ९भाजपा० का सांसदहरूले कांग्रेस नेताहरूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभयो, “लज्जाजनक घटना भएको छ । भाजपाका सांसदहरूले कांग्रेसका अध्यक्ष तथा आदरणीय नेतालाई धक्का दिए भने लोकसभाका विपक्षी नेतालाई पनि सदनमा प्रवेश गर्नबाट रोकियो र धकेलियो । भाजपाका यी सांसदहरू वातावरण बिगार्न र संसदको गरिमा घटाउनका लागि स्पष्ट रूपमा जिम्मेवार थिए ।”

भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणीको जवाफदेहिताबाट उनीहरूलाई कुनै पनि नाटक वा छलकपटले बचाउन सक्दैन ।

भारतीय जनता पार्टी ९भाजपा० ले गान्धी र अन्य सांसदहरूविरुद्ध भाजपा सांसदहरूविरुद्ध शारीरिक हिंसाको आरोप लगाउँदै उजुरी दर्ता गर्ने बताएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group