ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीलाई हराउँदै सुदूरपश्चिम पहिलो क्वालिफायरमा


एबीसी न्यूज

काठमाडौं १ पुष । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग एनपिएल को पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले हरायो ।

जितसँगै सात खेलबाट १२ अङ्क बनाएको सुदूरपश्चिमले शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो । १० अङ्क जोड्दै दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पनि क्वालिफायरमा स्थान बनाएको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन् । क्वालिफायर जित्ने टोली सोझै फाइनलमा पुग्नेछ ।

सुदूरपश्चिमसँग हारेपनि आठ अङ्क बनाएको कर्णाली नेट रन रेटका आधारका काठमाडौँलाई पछि पार्दै प्लेअफमा पुगेको छ । समान आठ अङ्क बनाएको चितवन राइनोजले यसअघिनै प्लेअफमा स्थान बनाएको थियो । अब कर्णाली र चितवनले एलिमिनेटर खेल्नेछन् ।

लिगको अन्तिम खेलको नतिजासँगै काठमाडौँ कर्णालीसँग नेट रन रेटमा पछि पर्दै बाहिरिएको छ । एनपिएलमा सहभागि आठ टोलीमध्ये विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघिनै बाहिरिएका थिए ।

जितका लागि एक सय दुई रनको सामान्य लक्ष्य पछयाएको सुदूरपश्चिमले १५।२ ओभरमा चार विकेटको क्षतिमा एक सय पाँच रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाउनुभयो । इशान पाण्डेले अविजित ३८ र ओपनर सईफ जैवले ११ रन बनाउनुभयो । बलिङमा कर्णालीका सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो ।

कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाउनुभयो ।यस्तै विलियम बसिस्टोले १६, बाबर हायतले १३, चादविक बाल्टन र कप्तान सोमपाल कामीले ११र११ रन बनाउनुभयो ।

बलिङमा सुदूरपश्चिमका हरमित सिंहले तीन विकेट लिनुभयो । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेजिनले दुई दुई तथा सईफ जैवले एक विकेट लिनुभयो । दीपेन्द्रसिंह प्लेयर अफ दि म्याच हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

“रविको चलाखीले फसाइदियो” – बालेन–रवि जोडीमाथि ओलीको व्यंग्य

सम्बन्धित

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

संघीयतालाई चिहान बनाउदै ‘सिंहदरबार’ को मृगतृष्णा

“रविको चलाखीले फसाइदियो” – बालेन–रवि जोडीमाथि ओलीको व्यंग्य

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्न झापाबासीलाई अध्यक्ष ओलीको आग्रह

नेकपा २७ वर्षीय राष्ट्रिय खेलाडी अजय कुशवाहाको बारा ४ मा उत्साहजनक ‘नयाँ खेल’ सुरु !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com