ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तान हट्दा ईयुको कालो सूचीबाट हटेन नेपाल


एबीसी न्यूज

काठमाडौं ३० मंसिर । युरोपियन युनियन ईयू को युरोपेली आयोगले नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ । ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका सबै २० वटा वायुसेवा० कम्पनीलाई आफ्नो उक्त सूचीमा यथावत राखेको हो ।

ईयूले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ देखि यो सूचीमा राख्दै आएको छ । नेपाल यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ ९आईकाओ० को ‘खैरो सूची’ मा समेत परेको थियो । तर, उड्डयन क्षेत्रको सुरक्षामा सुधार गरेको भन्दै सन् २०१८ मा यो सूचीबाट हटाएको थियो ।

उक्त सूचीबाट हटेपछि ईयूको कालो सूचीबाट हटाउन समेत पटक पटक प्रयास गरे पनि अहिलेसम्म ईयूले नेपाललाई यही सूचीमा कायम राखेको छ । ईयूको कालोसूचीमा पर्दा नेपाली वायुसेवा कम्पनीहरु युरोपेली मुलुकमा उडान भर्न पाइरहेका छैनन् । युरोपेली विमान भने नेपालमा आउन यो सूचीले रोकेको छैन ।

कुन–कुन देश छन् कालोसूचीमा ?

यसपटक तान्जिनियालाई पनि ईयूले यो सूचीमा समावेश गरेको छ । युरोपियन युनियनको नागरिक उड्डयन सुरक्षा एजेन्सी ९ईएएसए० को सुरक्षा चासोका आधारमा तान्जिनियालाई यो सूचीमा समावेश गरिएको आयोगले जनाएको छ । यसपटक पाकिस्तानको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई भने यो सूचीबाट हटाएको उल्लेख गरिएको छ ।

अद्यावधिक विवरण अनुसार १५ देशका १२९ एयरलाइन्स कम्पनी युरोपेली आकाशमा प्रतिबन्ध हुने सूचीमा छन् । यसमध्ये रसियाका २२ एयरलाइन्स, तान्जिनियाको एयर तान्जानिया, जिम्बाबेको एयर जिम्बाब्वे, भेनेजुएलाको एभियर एयरलाइन्स, सूरीनाम ब्लू विंग एयरलाइन्स, इरान असमान एयरलाइन्स, इराकको फ्लाई बगदाद तथा इराकी एयरवेज समेत छन् ।

ईयूले सार्वजनिक गरेको ग्रे–सूचीमा अङ्गोलाको सातवटा एयरलाइन्सलाई यो सूचीमा राखिएको छ भने सोही देशका दुई एयरलाईन्सलाई भने यो सूचीमा राखिएको छैन ।

त्यस्तै, अफगानिस्तानका २, अर्मेनियाका ९, कंगोका १७, जिबुटीको एक, इक्वेटरीय गिनी २, इरिट्रिया २, किर्गिस्तान १४, नेपालको २०, साओ टोमे र प्रिन्सिपको १ र सुडानको १२ वटा एयरलाइन्स अहिले यो सूचीमा छन् । लाइबेरिया र सिएरा लिओनका एयरलाइन्स कम्पनीहरुलाई समेत यो सूचीमा समावेश गरिएको छ ।

त्यस्तै, इरानको एयर इरान र उत्तर कोरियाको एयर कोरियोमाथि समेत विशेष प्रकारका विमान मात्रै उडान गर्न सक्नेगरी प्रतिबन्ध लगाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

“रविको चलाखीले फसाइदियो” – बालेन–रवि जोडीमाथि ओलीको व्यंग्य

सम्बन्धित

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

संघीयतालाई चिहान बनाउदै ‘सिंहदरबार’ को मृगतृष्णा

“रविको चलाखीले फसाइदियो” – बालेन–रवि जोडीमाथि ओलीको व्यंग्य

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्न झापाबासीलाई अध्यक्ष ओलीको आग्रह

नेकपा २७ वर्षीय राष्ट्रिय खेलाडी अजय कुशवाहाको बारा ४ मा उत्साहजनक ‘नयाँ खेल’ सुरु !

ग्रीनल्यान्ड : नयाँ साउदी ? अमेरिकाले कब्जा गर्न खोज्दा युरोप त्रसित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com