ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२७ वर्षदेखि बन्द रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उडान शुरु


एबीसी न्यूज

काठमाडौं ३० मंसिर ।   २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उडान शुरु भएको छ । आज दिउँसो तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा उडान शुरु भएको हो ।

२०४१ साल असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल द्वन्द्व शुरु भएसँगै २०५३ साल माघदेखि बन्द हुन पुगेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गर्नुभएको थियो ।

विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी काठमाण्डौ–टीकापुर सिधा हवाई उडान नियमित सञ्चालन गरिने बताउनुभएको छ ।

टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाण्डौदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका मेयर डगौराले जानकारी दिनुभयो । यो विमानस्थलमा हरेक हप्ताको आइतवार र बिहीवार काठमाण्डौ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाण्डौ उडान हुनेछ ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाण्डौबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो साढे १२ बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । त्यसै दिन दिउँसो एब बजेर २० मिनेटमा तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो दुई बजेर  ५ मिनेटमा यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाण्डौ अवतरण हुने तालिका छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

सम्बन्धित

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com