ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सभाको विधायन समितिले विधेयकबारे प्रदेशभर सुझाव लिँदै


एबीसी न्यूज

काठमाडौ ३० मंसिर । सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले स्थानीय सेवाको गठन तथा सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि राय सुझाव सङ्कलन गरेको छ ।
समितिका सभापति दिवानसिंह विष्टको नेतृत्वले शनिवार डोटीमा सुझाव सङ्कलन गरेको हो । समितिले यसअघि कैलाली, कञ्चनपुर, बझाङ र डडेलधुरामा सुझाव सङ्कलन गरेको थियो ।
सुझाव सङ्कलनमा सो समितिका सदस्यहरू लक्ष्मी विक, रामेश्वर चौधरी, जानकी ऐर बम, जुना दानी, इन्दिरा गिरीको सहभागिता रहने गरेको छ ।
डोटीको कार्यक्रममा त्रिवेणी नगरपालिका बाजुराका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवीप्रसाद साहले विधेयकमा कर्मचारीले एक पटकका लागि बढुवा हुने व्यवस्था हुनुपर्ने, करार कर्मचारी हकमा एक पटकका लागि स्थायी गर्नुपर्ने, तहगत बढुवा हुनुपर्ने र अवकाशपछि कसरी व्यवस्थापन गर्ने भन्ने पनि सोच्नुपर्छ भन्नुभएको थियो ।
यस्तै गरेर दिपायलसिलगढी नगरपालिकाका सामाजिक शाखा अधिकृत रमेशचन्द्र जोशी स्थानीय सेवाको गठन तथा सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा सरुवा र वृत्ति विकासमा विभेद नहुने गरेर व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
निजामती कर्मचारी सङ्गठन डोटीका अध्यक्ष लालबहादुर बोगटीले सङ्घीय निजामती ऐन आएपछि मात्र प्रदेशको ऐन आउन जरुरी भएको बताउनुभयो । अहिले नै सो अहिले आउँदा कार्यान्वयनमा आउनेमा उहाँले आशङ्का व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा डोटी, अछाम र बाजुराका विभिन्न पालिकाका प्रमुख÷ उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीको उपस्थिति थियो ।
आइतबार बैतडीको पाटनमा बैतडी र दार्चुलाका पालिकाका प्रमुख÷ उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरूको उपस्थितिमा सुझाव सङ्कलन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

सम्बन्धित

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com