काठमाडौ ३० मंसिर । कलङ्की चोकमा एकाबिहानै मास्क लगाएर टहल्दै गरेका राजाराम पौडेललाई आजकाल बिहान घर बाहिर निस्कनै मन लाग्दैन । तर व्यापार गर्ने उहाँलाई घर बाहिर निस्कनैपर्छ । श्वाससँगै प्रदूषित हावाको कण शरिरमा प्रवेश नगरोस भनेर मास्क लगाउनुहुन्छ । तर त्यसले पनि थेग्दैन ।
आँखा पोल्ने, लगातार खोकी लाग्ने, घाँटीमा घाउ हुने जस्ता समस्या उहाँका लागि सामान्य जस्तै भइसके । उहाँ भन्नुहुन्छ ‘धुवाँ र धुलोका कारण थकान र लगातार खोकी लाग्ने समस्या पनि बढेको छ । बाँच्नका लागि जेनतेन श्वास फेरिरहन बाध्य छौँ ।’
हिजोआज काठमाण्डौ उपत्यकाको हावा सँधैजसो प्रदूषित हुन्छ । पहिले जस्तो काठमाण्डौबाटै देखिने हिमालका दृश्य पनि सफा र स्पष्ट देखिँदैनन् । उहाँ भन्नुहुन्छ ‘प्रदूषण बढेर होला अब त केवल धमिला टुप्पा मात्र देखिन्छन् ।’








प्रतिक्रिया दिनुहोस्