ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमलादीस्थित महानगरको छेउमा परेको भ्वाङ टालियो


एबीसी न्यूज

काठमाडौं २७ मंसिर । काठमाडौँको कमलादीस्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण गरिएको छ। संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको उद्घाटन गरेका छन्।

११ मिटर लामो उक्त कलभर्ट भत्किँदा काठमाडौँ महानगरपालिकानजिकैको सडकमा भ्वाङ परेको थियो। यसले व्यस्त सडक खण्ड मानिएको कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो।

व्यस्त र जरुरी महत्त्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ सो स्थानमा काम गराएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए।

काठमाडौँ व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो। त्यसपछि भौतिक पूर्वाधार मन्त्रालयले प्राविधिकहरू परिचालन गरी विस्तृत अध्ययन गराएको थियो।

प्राविधिक तथा विज्ञहरूले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए। मन्त्री देवेन्द्र दाहालसहितको टोलीले समेत उक्त स्थानको निरीक्षण गरी अविलम्ब पुनःनिर्माण गर्न निर्देशन दिएको थियो।

मन्त्री दाहालको निर्देशनपश्चात् पुनः साउन २८ गते विज्ञहरूले निरीक्षण गरी भोलिपल्ट लागत अनुमान तयार पारिएको थियो।

सडक डिभिजन कार्यालय, काठमाडौँले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डीबी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो।

ठेक्का लागे पनि अविरल वर्षा र बाढीले पुनः काममा अवरोध हुँदा केही ढिला भएको कार्यालयले जनाएको छ। डिभिजन कार्यालय प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसकेपछि मंसिर १७ गते सम्पन्न गर्ने गरी कातिक ३ गतेबाट काम सुरु भएको थियो।

राणाकालमा निर्मित उक्त कल्भर्ट पुरातात्त्विक महत्त्वको हुन सक्ने भन्दै पुरातत्व विभागले समेत चासो देखाएको थियो। कात्तिक १ गते पुरातत्त्व विभागले कल्भर्ट निर्माणमा सहमति दिएको थियो।

बेमौसमी बाढी, दसैँ, पुरातत्त्व विभागसँग सहमति लिनुपर्ने प्रक्रिया लगायतका चुनौतीबीच निर्धारित समयअगावै काम पूरा भएको डिभिजन प्रमुख भण्डारीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

रविविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

अमेरिकी साम्राज्यवाद र नेपालका कथित जेन–जी अगुवा

गगन पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र–देउवा पक्ष

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com