ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री राणा युरोपबाट सिधै दिल्ली जाने, के-के छ भ्रमण सूची ?


एबीसी न्यूज
मंसिर २७, २०८१ बिहीबार   ३ : ४७   बजे

काठमाडौं २७ मंसिर । परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोपबाट भारत जाने भएकी छन् ।  नेदरल्यान्ड्सको हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्व बारे ९० देशहरुको कार्यक्रममा भाग लिन गएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बतायो ।

हाल नेदरल्यान्ड्समा रहेकी मन्त्री राणाले जर्मनी र बेल्जियमको भ्रमण गर्नेछिन् । मन्त्री राणाले समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकर भेट्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । ‘उहाँ बेल्जियम र जर्मनी पुगेर उतैबाट दिल्ली उड्ने तयारीमा हुनुहुन्छ, बाँकी कार्यसूची छिटै थाहा हुन्छ,’ स्रोतले भन्यो ।

राणाले बेल्जियमका विदेशमन्त्री बर्नाड क्विन्टिनलाई ब्रसेल्समा, अनि जर्मनीका विदेशमन्त्री अन्नालेना बार्बोकसँग बर्लिनमा भेटवार्ता गर्नेछिन् ।

राणाले बर्लिनमा समान अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेछिन् । त्यसपछि उनी २ पुस, मंगलबार बर्लिनबाट दिल्ली उड्नेछिन् । साउथ एसियन इकोनोमिक फाउन्डेसनले दिल्लीमा आयोजना गर्ने इन्डो नेपाल इकोनोमिक कन्क्लेभमा मन्त्री राणा सहभागी हुनेछिन् ।

विदेशमन्त्री जयशंकरसँग भेट्ने भ्रमणसूची तय भइनसके पनि दुई मन्त्रीहरुको भेट हुन सक्ने उच्च सम्भावना रहेको स्रोतले बतायो ।

मन्त्री राणा २२ मंसिरमा हेग उडेकी थिइन् । उनले त्यहाँ नेपालको तर्फबाट कुरा राख्दै विकसित मुलुकले उच्च कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकले विना गल्ती भोग्नुपरेको क्षतिबारे आवाज उठाएकी थिइन् ।

चीनबाट अघिल्लो साता प्रधानमन्त्री केपी ओलीसँगै फर्केकी राणाले लगत्तै भारत भ्रमण गर्न लागेकी हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group