ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँग भएको एड फाइनान्सिङ भन्नु नै अनुदान समझदारी हो- प्रकाशशरण महत


एबीसी न्यूज
मंसिर २४, २०८१ सोमबार   १ : ४५   बजे

काठमाडौं २४ मंसिर ।   नेपाली कांग्रेसले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको बताएको छ ।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री चीन जाँदा भएको दुई पक्षीय समझदारी बारेमा छलफल भएको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी गराए ।

पार्टीले अनुदान स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने कार्यसम्पादन समितिले यसअघि नै गरेको निर्णयअनुसार समझदारी भएको महतले दाबी गरे । बैठक पछि महतले भने,‘प्रधानमन्त्री फर्केपछि अनुदान नै लिने हो, ऋण होइन भन्नुभएको छ ।’ कांग्रेसको भनाइ अनुसार नै सरकारले चीन आफ्ना धारणा प्रस्तुत गरेको महतले बताए ।

‘फ्रेमवर्क समझदारी भएको छ । हाम्रो राष्ट्रिय अनुकूलताका विषयवस्तुहरु मात्रै समावेश गर्ने गरेर अघि बढ्यो । ग्रान्ट फाइन्नासिङ नभएर एड फाइन्नासिङ आयो भनेर सार्वजनिक रुपमा जुन चर्चा भएको छ,’ महतले भने,‘ एड फाइन्नासिङ ग्रान्ट स्वभाविक रुपमा पर्ने भइहाल्यो ।’

परियोजनाहरुमा सम्झौता गर्दा अनुदानका आधारबाट अघि बढ्ने महतले बताए । शर्त सहितका ऋण लिँदा परियोजना सकिएपछि पनि ऋण तिर्न नसकिने अवस्था हुने महतले बताए । ‘पोखरा विमानस्थलको पनि अत्यन्त नराम्रो हाम्रो अनुभव छ । प्रतिफल नआउने सुनिश्चित भइसक्यो । खराब ऋणमा पर्‍यो,’ महतले भने,‘अहिले हामी ऋण लिन सक्ने अवस्थामा छैनौं ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group