ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकमा महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्नुपर्ने बेला ठूला दल एक ठाउँमा उभिन्छौं – गृहमन्त्री


एबीसी न्यूज
मंसिर २४, २०८१ सोमबार   १ : २२   बजे

काठमाडौं २४ मंसिर । गृहमन्त्री रमेश लेखकले मुलुकमा महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्नुपर्ने बेला देशका ठूला दलहरू एक ठाउँमा उभिने गरेको बताएका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा बोल्दै उनले विगतको इतिहास पनि यस्तै भएको र अहिले त्यो इतिहासलाई स्थापित गर्न चाहेको बताए ।

ुजब राष्ट्रिय एजेण्डालाई ठिक ढंगले ठिक ठाउँमा पुर्‍याउन पर्ने अवस्था देखिन्छ बेला त्यो बेला ठूला दलहरू मिल्ने गरेका छौं,ु उनले भने, ु देशलाई र राष्ट्रिय एजेण्डालाई ठिक ढंगले सम्बोधन गरेर निष्कर्षमा पुग्ने गरेका छौ ।

मुलुकमा भएको १० वर्षे सशस्त्र द्वन्द्वलाई पनि ठूला दलहरू मिलेर वार्ता मार्फत समाधान गरी शान्ती कायम गरेको उनले बताए । देशका केही महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्नको लागि एक ठाउँमा उभिएर सरकार बनाएको उनको भनाइ छ । यो सरकार केही मान्छेहरूलाई मन्त्री बनाउनको लागि बनाइएको सरकार नभएको दाबी उनको छ । ुमुलुकमा अस्थिरताका कारणले शान्ति सुरक्षामा जोखिम उत्पन्न भयो । सुशासनका कमी भएको अनुभूति भयो । आर्थिक गतिविधीहरू कमजोर भए । विकास निर्माणका गतिविधिहरू ठिक ढंगले अघि बढ्न सकेनन्,ु उनले भने, ुती कुराहरूलाई ठिक ढंगले सम्बोधन गर्नको लागि ठूला दलहरू एक ठाउँमा उभिएका हुन् । ु शान्ति सुरक्षाको स्थितिलाई सुदृढ गर्नुपर्ने बताउँदै उनले यसमा कुनै सम्झौता नहुने धारणा राखे । अपराध नियन्त्रण र कानुनी शासनको स्थापनाको सवाललाई सुनिश्चित गर्न पनि उनले निर्देशन दिए । यसमा पनि कुनै सम्झौता नहुने उनको भनाइ छ ।

अपराध पनि गर्ने, ठूलो कोलाहल पनि आफैं गर्ने कुरा क्षम्य हुन नसक्ने उनको भनाइ थियो । अपराध गर्ने सबै कानुनको दायरा भित्र आउनुपर्ने उनले बताए । सेवाप्रवाह गर्दा ख्याल गर्न उनले सुरक्षा निकायलाई निर्देशन दिए । सेवाग्राहीको काम कसरी नहुने भन्दा पनि कसरी हुने भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

प्रदेशको सुरक्षा गोष्ठीमा प्रदेशसँगै देशको शान्तिसुरक्षा लगाएतका महत्त्वपूर्ण विषयमा छलफल हुने उनले बताए ।

सोमबारबाट सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू भएको छ । गोष्ठीमा सहभागी हुन गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणी दुवाडी , तीनै तहका सुरक्षा निकायका प्रमुख सुर्खेत पुगेका छन् । गोष्ठीमा प्रदेशसँगै कर्णालीका १० वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । गोष्ठीमा प्रदेशको शान्ति सुरक्षाको विषयमा छलफल हुने गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख ऋृषिराम तिवारीले बताए । योसँगै प्रदेशको बढ्दो सवारी दुर्घटना र यसको न्यूनीकरणको उपायबारे पनि छलफल हुने जानकारी दिए । उनका अनुसार गोष्ठीमा अन्तर्राष्ट्रिय सीमास्तम्भको अनुगमन र सुरक्षा लगाएका विषयमा पनि छलफल हुने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group