ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनवरी ६ को छननिवन कमिटिका सदस्यहरुलाई जेल, आक्रमणकारीलाई ‘पहिलो दिनमै’ माफी दिने ट्रम्पको घोषणा


ABC News

 

काठमाडौं २४ मंसिर । नोभेम्बरको राष्ट्रपतीय निर्वाचनमा दोस्रो कार्यकाल जितेपछि पहिलो पटक टेलिभिजन अन्तर्वार्ता दिएका डोनाल्ड ट्रम्पले जनवरी २०२१ मा अमेरिकी क्यापिटल(कंग्रेस भवनमा) मा भएको आक्रमणमा संलग्न आफ्ना समर्थकहरूलाई माफी दिने वाचा दोहो¥याएका छन् ।

ट्रम्पले भने आफ्नो दोस्रो प्रशासनका अधिकारीहरूलाई क्यापिटल आक्रमणको छानबिनमा संलग्न निर्वाचित अधिकारीहरूलाई पक्राउ गर्न निर्देशन दिने छैनन्। तर उनले क्रिस्टेन वेल्करसँग भने, “इमानदारीपूर्वक भन्नुपर्दा, उनीहरूलाई जेल जानु पर्छ ।“
राष्ट्रपतिमा निर्वाचित ट्रम्पले सजाय पाएका क्यापिटल आक्रमणकारीहरूलाई ‘निकै खराब प्रणाली’ बाट गुज्रिएको दाबी गर्दै छिटो कदम चाल्ने घोषणा गरेका छन् ।
एनबीसी टेलिभिजनको मिट द प्रेसकी पत्रकार क्रिस्टेन वेल्करसँगको कुराकानी गर्दै ट्रम्पले व्यापक निर्वासन(मास डिपोर्टेशन) र भन्सार महसुल (ट्यारिफ) लागू गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहो¥याएका थिए। ट्रम्पका अनुसार भन्सार महसुलले अमेरिकी उपभोक्ताहरूलाई बढी मूल्य तिर्न बाध्य बनाउन सक्छ । उनी महँगीबारे मतदाताको असन्तुष्टिलाई उपयोग गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर ह्वाइट हाउस फर्किएका हुन् ।

“म छिटै कदम चाल्नेछु । पहिलो दिनमै,” ट्रम्पले अन्तर्वार्तामा भने। उनले क्यापिटल आक्रमणमा संलग्न सजाय पाएका व्यक्तिहरूले “निकै खराब प्रणाली“ भोग्नुपरेको भन्दै दयाभाव देखाए ।
“म प्रणालीलाई चिन्छु,” ट्रम्पले थपेका छन् ।
ट्रम्पलाई मे महिनामा न्यूयोर्क राज्यका अभियोजनकर्ताहरूले व्यावसायिक अभिलेखहरू गलत तरिकाले परिवर्तन गरेको आरोपमा दोषी ठहर गरेका थिए । त्यो अभिलेखले वयस्क फिल्म अभिनेत्री स्टोर्मी ड्यानियल्सलाई दिएको ‘हश मनी’ (गोप्य राख्न तिर्ने रकम) लुकाउने उद्देश्य राखेको थियो । ट्रम्पले भने, “प्रणाली एकदमै भ्रष्ट छ ।”

ट्रम्पले भनेका छन् क्यापिटल आक्रमणको सम्बन्धमा माफी दिन केही अपवादहरू हुन सक्छन्। यो आक्रमण २०२० को राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनसँग पराजित भएपछि ट्रम्पले आफूलाई ओवल अफिसमै राख्नका लागि गराइएको थियो। यस आक्रमणसँगै थुप्रै व्यक्तिको मृत्यु भएको थियो, जसमा आक्रमणपछि मानसिक तनावमा परेका केही सुरक्षाकर्मीहरूले आत्महत्या समेत गरेका थिए।

ट्रम्पले पहिले नै खण्डन गरिसकिएका दाबीलाई दोहो¥याउँदै भनेका छन् आक्रमणकारीहरूको भिडभित्र “एन्टि–ट्रम्प कानून प्रवर्तन अधिकारीहरू“ घुसेका थिए र उनीहरूले आक्रमणलाई उक्साएका थिए ।

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यापिटल आक्रमणका क्रममा प्रहरी अधिकारीहरूलाई आक्रमण गर्ने व्यक्तिहरूबारे प्रतिक्रिया दिँदै भने, “उनीहरूसँग कुनै विकल्प थिएन ।“ उनको दाबी छ –केही व्यक्तिहरूलाई दोष स्वीकार गर्न दबाब दिइएको थियो ।

“उनीहरूको जीवन पूर्ण रूपमा नष्ट भएको छ,“ ट्रम्पले भने । उनले वर्तमान राष्ट्रपति जो बाइडेनले आफ्नो छोरा हन्टर बाइडेनलाई हतियार स्वामित्व सम्बन्धी आवेदनमा झूटो बयान दिएको र कर छल्ने अभियोगमा दिएको माफीको आलोचना गरे। “उनीहरूको जीवन नष्ट भएको छ,“ उनले दोहो¥याए ।

जनवरी ६ को क्यापिटल आक्रमणमा हालसम्म १,२५० भन्दा बढी व्यक्तिहरू दोषी ठहरिएका छन् । उनीहरुले आफ्नो दोष स्वीकार गरेका छन्। तीमध्ये कम्तिमा ६४५ जनाले केही समय जेल सजाय पाएका छन् । त्यसरी सजाय पउनेमा केही दिनदेखि २२ वर्षसम्मको जेल सजाय रहेको छ ।

हालैको एउटा घटनामा, न्युयोर्क सिटीका फिलिप सीन ग्रिलोले आफ्नो मुद्दाको सुनुवाइ गर्ने संघीय न्यायाधीशलाई तर्साउँदै भनेका थिए “ट्रम्पले मलाई माफी दिनेछन्।“ ग्रिलोले एक वर्षको जेल सजाय पाएका छन् ।
अर्को घटनामा, टेनेसीका एडवर्ड केलीलाई संघीय कर्मचारीहरूको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरियो । न्यायाधीशहरूले पत्ता लगाए अनुसार उनले क्यापिटल आक्रमणको अनुसन्धान गर्ने अधिकारीहरूको हत्या गर्ने सूची बनाएका थिए ।

आयातमा भन्सार महसुल (ट्यारिफ) र महँगीको असर
ट्रम्पले अमेरिकी व्यापार साझेदारहरूसँगको आयातमा भन्सार महसुल लगाउने आफ्नो योजनालाई पनि दोहो¥याएका छन् । ट्रम्पले स्वीकार गर्दै भने अमेरिकी परिवारहरूले बढी मूल्य तिर्नुपर्ने हुन सक्छ ।

सन् २०२० को चुनावमा पराजय स्वीकार नगर्ने प्रतिबद्धता
क्रिस्टेन वेल्करले सन् २०२० को चुनावमा जो बाइडेनले आफूलाई इमानदारीपूर्वक हराएको मान्न तयार हुनुहुन्छ कि हुनुहुन्न भनेर सोध्दा, ट्रम्पले फेरि अस्वीकार गरे । उनले भने २०२४ को चुनाव “धेरै ठूलो भएकोले धाँधली गर्न असम्भव“ थियो, जसका कारण उनले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्न सके ।

मास डिपोर्टेशन (व्यापक निर्वासन) योजनामा कडा अडान
ट्रम्पले आफ्नो प्रशासनको मास डिपोर्टेशन (व्यापक निर्वासन) योजना लागू गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । वेल्करले उनलाई मिश्रित आव्रजन स्थिति भएका परिवारहरूको विषयमा सोध्दा, ट्रम्पले संकेत गरे कि कानूनी रूपमा बसिरहेका आप्रवासीहरू पनि जोखिममा पर्न सक्छन् यदि उनीहरूको परिवारका सदस्यहरू अनियमित आप्रवासी छन् भने ।

“म परिवारहरूलाई टुक्र्याउन चाहन्नँ,“ ट्रम्पले भने । “परिवारलाई टुक्र्याउन नपरोस् भने उनीहरूलाई सँगै पठाउनुपर्छ ।“

यद्यपि, उनले भनेका छन् डेमोक्र्याटहरूसँग “ड्रिमर्स“ (अनियमित आप्रवासी बच्चा हुँदा अमेरिका ल्याइएका मानिसहरू) का लागि सुरक्षाको विषयमा काम गर्न तयार छन् । तर, उनले जन्मसिद्ध नागरिकता अन्त्य गर्ने र संविधान संशोधन गर्ने सम्भावना बारे विचार गरिरहेको बताए ।

“हामीले यसलाई अन्त्य गर्नै पर्छ,“ उनले भने।
स्वास्थ्य सेवा सुधारको योजना
वेल्करले ट्रम्पसँग स्वास्थ्य सेवा सुधारका लागि स्पष्ट योजना छ के छ भनेर सोधिन्। ट्रम्पले भने, “हामीसँग अझ राम्रो योजना बनाउने धारणा छ ।“
तर, उनले कुनै स्पष्ट योजना वा रणनीति प्रस्तुत गरेनन् ।
डोनाल्ड ट्रम्पको पहिलो दिनका कार्यहरू, क्यापिटल आक्रमणकारीहरूको माफीदेखि लिएर व्यापक निर्वासन योजना, भन्सार महसुल, स्वास्थ्य सेवा, र नागरिकताको विषयले अमेरिका र विश्वमा ठूला बहस सिर्जना गर्ने सम्भावना छ ।

विभिन्न मिडियाका आधारमा तयार गरिएको रिपोर्ट ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com