ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकको समस्या पहिल्याउन अन्तर मन्त्रालय छलफल भइरहेको छ – मन्त्री पाण्डे


एबीसी न्यूज

काठमाडौं २३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई र स्थलमार्गबाट आउने पर्यटकले भोग्नु परेका समस्याको समाधान गर्नका लागि आफू लागिपरेको बताउनुभएको छ।

कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको पर्यटन विकास रणनीति बारे सरकार र निजी क्षेत्रको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो।

मन्त्री पाण्डेले भन्नुभयो, ‘सडक मार्गका पूर्वाधारसमेत सहज बनाउन पर्ने देखिन्छ। प्रत्येक पर्यटकले हवाई र सडक यातायातबाट सास्ती बेहार्नु पर्ने समस्याको अन्त्य हुनुपर्छ।’

सम्बोधनका क्रममा उहाँले हवाई र स्थलमार्गबाट आउने पर्यटकको समस्याको पहिचान गरी त्यसको समाधानका लागि अन्तर मन्त्रालय छलफल भइरहेको बताउनुभयो।

विविधता पूर्ण संस्कृति र प्राकृतिक विविधताका दृष्टिकोणले समेत भरिपूर्ण रहेको स्मरण गर्दै उहाँले सुदूरपश्चिम देवहरूको भूमि रहेकाले यहाँको महत्त्व निकै बढेको समेत बताउनुभयो।

मन्त्री पाण्डेले सुदूरपश्चिम जल, जंगल र जडीबुटी लगायतका पर्यटकीय क्षेत्रका दृष्टिकोणले निकै माथि रहेको समेत प्रष्ट पार्नुभयो।

उहाँले यस क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने बताउँदै सुदूरपश्चिमलाई कैलाश मानसरोवर जोड्न सके फाइदा पुग्ने बताउनुभयो।

उहाँले धार्मिक,पर्यटकीय दृष्टिकोणले भारतीय पर्यटक भित्र्याउन सकेको अवस्थामा मात्रै ठूलो लाभ लिन सकिने विश्वास व्यक्त गर्नुभयो।साथै मन्त्री पाण्डेले बर्दियाको ठाकुरदारमा आगामी दिनमा हुने विषयगत समितिको बैठकमा सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई समेत सहभागी हुन आह्वान गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com