ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीले चौथो पराजय भोगेको त्यो अन्तिम ओभर


एबीसी न्यूज

काठमाडौं २३ मंसिर । लुम्बिनी लायन्सले जारी नेपाल प्रिमियर लिग ९एनपीएल०मा लगातार चौथो हार व्यहोरेको छ।

आज भएको खेलमा अन्तिम ओभरसम्म जितको सम्भावनाका बाबजुद लुम्बिनी जनकपुर बोल्ट्ससँग हारेको हो।

जनकपुर बोल्ट्सले अन्तिम ओभर बलिङको जिम्मा हर्स ठाकरलाई दियो। २०औँ ओभरमा आइपुग्दा लुम्बिनी ६ विकेट गुमाएर १२८ रनको स्थितिमा थियो।

तर पहिलो बलमा नै साद बिन जफर आउट हुनपुगे।

त्यसपछि क्रिजमा आएका दुर्गेश गुप्ताले दोस्रो बलमा चौका हानेर जितको सम्भावना कायमै राखे पनि तेस्रो बल डट खेले र चौथो बलमा १ रन लिए। पाँचौँ बलमा सन्दिप जोराले २ रन थपे।

अन्तिम बलमा २ रन निकालेको भए लुम्बिनीले पहिलो जित चाख्ने थियो तर जोरा क्याचआउट हुनपुगे र जनकपुर विजयी हुनपुग्यो।

त्यसअघि आशुतोष घिरैया ८ रन, अर्जुन साउद २० रन, रोहित पौडेल ३५ रन, टम मुर्स ३१ रन, बेन कटिङ ३ रन र विवेक यादव शून्य रनमा आउट भएका थिए।

एनपीएलको चार खेल खेल्दा जितविहीन हुने लुम्बिनी एक्लो टोली हो। लुम्बिनीले अब एनपीएलमा तीन खेल खेल्न बाँकी छ। बाँकीका तीन खेलमा जित निकाले पनि लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिँदै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

सम्बन्धित

आज उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिँदै

रेशम चौधरीको उम्मेदवारी रद्द

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

चुनावी प्रचारमा ‘भाइरल’ बन्ने होड : विचार कि दृश्यात्मक प्रदर्शन ?

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com