ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्बनबाट हुने आम्दानी नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगाउने निर्णय


एबीसी न्यूज
मंसिर २१, २०८१ शुक्रबार   ९ : १५   बजे

काठमाडौं २१ मंसिर । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कार्बनबाट हुने आम्दानी ९रकम० नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगाउने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्ष दीपक खड्काको अध्यक्षतामा बिहीबार साँझ बसेको बैठकले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो।

बैठकले कार्बन आम्दानीलाई घरायसी, सामुदायिक एवम् ठूला बायोग्यास, सौर्य सिँचाइ, लघु तथा साना जलविद्युत, घरायसी तथा संस्थागत विद्युतीय चुल्हो प्रवर्द्धन तथा नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भार र क्षमता अभिवृद्धिमा लगाउने निर्णय गरेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए।

यस्तै बैठकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यस्थलमा हुने यौनजन्य शोषण, दुरुपयोग र दुर्व्यवहार ९निवारण० आचार संहिता, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै केन्द्रअन्तर्गत सञ्चालित हरित जलवायु कोषको कार्यक्रमको प्रभाव मूल्यांकन गर्न प्राविधिक सहयोगका लागि हरित जलवायु कोषसँग समझदारी पत्रमा हस्ताक्षर गर्न केन्द्रका कार्यकारी निर्देशकलाई स्वीकृती प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा समितिका अध्यक्ष एवम् ऊर्जामन्त्री खड्काले स्वदेशमा विद्युत खपत वृद्धि गर्ने सरकारले लिएको लक्ष्य पूरा गर्न केन्द्रले नयाँ सोच एवम् कार्यक्रम ल्याउन जरुरी रहेको बताएको बैठकमा सहभागी केन्द्रका नायब कार्यकारी निर्देशक डा नारायण अधिकारीले जानकारी दिए।

यस्तै बैठकले सन् २०२५ जनवरी २६ मा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ मनाउने प्रस्ताव स्वीकृत गरेको छ। संयुक्त राष्ट्रसंघले सन् २०२३ देखि उक्त दिवस मनाउने घोषणा गरेको थियो।

ऊर्जामन्त्री खड्काले घरायसी प्रयोजनमा प्रयोग भइरहेको एलपीजी ग्यास विस्थापनका लागि विभिन्न खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि र विद्युतीय चुलोलाई थप प्रभावकारी एवम् व्यापक रूपमा विस्तार गर्ने कार्यक्रम ल्याउन केन्द्रलाई निर्देशन दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group