ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव


एबीसी न्यूज

काठमाडौं २१ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका छन् ।

विवाह पञ्चमीको सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै विभिन्न जाति र समुदायका मानिस सामूहिक रूपमा एकसाथ मिलेर ‘विवाह पञ्चमी’ पर्व मनाउनुले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका हुन्।

विवाह पञ्चमीले भगवान् श्रीराम र माता सीताको दिव्य विवाहको सम्झना गराउँदै प्रेम, आदर, सदाचार, सत्कार, विश्वास र सद्भावको भावनालाई उजागर र अनुशरण गर्नमा सहयोग पुग्ने विश्वास छ। परापूर्वकालदेखि यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व एवं उपादेयता रहँदै आएको छ । विवाह पञ्चमी मनाउने परम्परा, विधि, विधान र अनुष्ठान मौलिक छन्।

खासगरी मधेश प्रदेशको राजधानी जनकपुरधाममा महोत्सवका रूपमा साताव्यापी यो पर्व मनाइन्छ। यो महोत्सव राम–सीताको प्रतिमा र झाँकीसहित ‘नगरदर्शन’ बाट सुरु भई ‘फूलबारी लीला’, ‘धनुष यज्ञ’, ‘तिलकोत्सव’, ‘मटकोर’, ‘राम–सीताको स्वयंवर–विवाह’ अनुष्ठान गर्दै अन्तिम दिन ‘रामकलेवा’ गरी सम्पन्न हुन्छ । यस अवसरमा सीता र रामको विशेष पूजाअर्चना गर्दा परिवार, समाज र देशमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

 

‘विवाह पञ्चमीलाई समाजमा सत्यको आदर्शहरूलाई प्रोत्साहित गर्ने अवसरका रुपमा लिन सक्नु पर्दछ, यसले भगवान् राम र माता सीताको जीवनबाट प्रेरणा लिँदै हामीलाई पारिवारिक र सामाजिक जीवनमा नैतिक मूल्यहरू अवलम्बन गर्न अभिप्रेरित गर्न सकोस्’, उपराष्ट्रपति यादवले भनेका छन् ।

विवाह पञ्चमीका अवसरमा आयोजना गरिने लोकनृत्य, लोकसङ्गीत र लोकगीत गायन, लोक झाँकी एवं परम्परागत शोभायात्राले हाम्रो मौलिक संस्कृतिलाई जीवन्त बनाइराख्न सहयोग पुग्ने उपराष्ट्रपति यादवको भनाइ छ। विवाह पञ्चमीका अवसरमा रामायणको कक्षाका माध्यमबाट नैतिक शिक्षा र जीवन मूल्यहरूलाई जन–जनसम्म पुर्याउने महत्त्वपूर्ण कार्य हुन्छ।

‘त्रेतायुगमा भएको भनिएको राम–सीताको विवाहको झझल्को दिनेगरी सम्झनास्वरुप जनकपुरधाममा प्रतीकात्मक राम–सीताको विवाह गराउने परम्परा छ, त्यसका लागि भारतको अयोध्याबाट सन्त महन्थहरूसहितको श्रद्धालु भक्तजनहरूको जन्ती जनकपुरधाम पुग्ने पौराणिक रीतिरिवाजले नेपाल र भारतबीचको ऐतिहासिक, रोटीबेटी, सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउने विश्वास लिएको छु’, उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com