ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौतमबुद्ध विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय यात्रुले सेवा लिए


एबीसी न्यूज
मंसिर २०, २०८१ बिहीबार   १ : २३   बजे

काठमाडौं २० मंसिर ।    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ३ नोभेम्बर ९१८ कात्तिक० देखि ३ डिसेम्बर ९१८ मंसिर० सम्म ४ हजार ७ सय ७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएका छन् । यस अवधिमा २ हजार २ सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका थिए ।

त्यसैगरी २ हजार ५ सय ३३ यात्रु भने भैरहवा अवतरण गरेको तिवारीले जानकारी दिए । यस अवधिमा भैरहवालाई ट्रान्जिट बनाएर ५ हजार ४ सय ६७ यात्रु उडेका छन् ।

वायुसेवा कम्पनीहरूले काठमाडौं आउने यात्रुलाई भैरहवा हुँदै ल्याएका कारण ट्रान्जिट संख्या बढेको हो । एक महिनामा कुल १ सय ५६ उडान÷अवतरण भएका छन् । ७८ उडान र ७८ अवतरण भएको तथ्यांक छ ।

 

एक महिना अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको छ । जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ । यसले १ हजार ७ सय ९२ यात्रु उडाएको छ भने १ हजार २ सय ४२ यात्रुलाई भैरहवा ल्याएको छ ।

त्यस्तै दोस्रो स्थानमा फ्लाई दुबई छ । यसले १ हजार १ सय १३ यात्रु भैरहवा ल्याएको छ भने १९ जनालाई भैरहवाबाट उडाएको छ ।

एक महिनामा कुन कम्पनीले कति यात्रुलाई दिए सेवा

जजिरा  ३०३४

फ्लाई दुबई  ११३२

थाई एयर एसिया  ४४७

कतार  ९३

नेपाल एयरलाइन्स  ३९

चार्टर्ड  २६

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group