काठमाडौं। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवनमा बयान सकेर बुधबार रातारात पोखरा लगिएको छ ।
लामिछानेको चितवन जिल्ला सरकारी वकील कार्यालयमा दुई दिन (मंगलबार र बुधबार) बयान लिइएको थियो।
लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोप रहेको छ ।
रविलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइरहँदा बाहिर समर्थकले प्रदर्शन गरेका थिए । सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।








प्रतिक्रिया दिनुहोस्