ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता सिलसिला को हुन् ?


एबीसी न्यूज
मंसिर २०, २०८१ बिहीबार  ९ : २५ बजे

काठमाडौं २० मंसिर । पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उहाँले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाउनुभयो । बीबीसीले यो सूची मङ्गलवार सार्वजनिक गरे पनि त्यसबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो ।

नोबेल पुरस्कार विजेतासहित विश्वभरका सय प्रभावकारी महिलाको सूचीमा परेपछि आचार्यलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । उहाँले भन्नुभयो, ‘मेलै प्रकृति र वातावरणको मुद्दामा निरन्तर गरिरहेको कामलाई समाजले ‘रिकोग्नाइज’ गर्दा यस क्षेत्रमा अझै दृढ भएर लाग्न हौसला मिलेको छ ।’

बाग्लुङकी आचार्यलाई नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी ‘अभनी भेन्चर्स’ नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले विश्वभरबाट विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका सय प्रेरक र प्रभावशाली महिलाको सूची मङ्गलवार सार्वजनिक गरेको थियो ।

‘यसबाट नेपालले झेलिरहेको वातावरणीय समस्याको पहिचान र उजागर गर्न थप मद्दत पुग्नेछ ।’, उहाँले भन्नुभयो, ‘मानिसको कम प्राथमिकतामा परिरहेको वातावरणको मुद्दामा संवेदनशील हुन सम्बद्ध सबै पक्षलाई प्रेरित गरेको छ ।’ कठिन परिस्थितिमा पनि विचलित नभई पर्यावरणको क्षेत्रमा आफूले गरेको कामको सम्मान भएकामा उहाँले खुशी व्यक्त गर्नुभयो । ‘यो उपलब्धि नेपालकै लागि गौरवको विषय हो, नेपालको पर्यावरणीय मुद्दालाई विश्वमञ्चमा स्थापित गर्न यसले सघाउ पुर्‍याउनेछ’, आचार्यले भन्नुभयो, ‘वातावरण संरक्षणका क्षेत्रमा नीतिगत सुधार गर्न सरकारलाई पनि सकारात्मक दबाब पुगेको छ ।’

चिकित्सा विषय अध्ययनका लागि छात्रवृत्तिमा नाम निक्ले पनि आचार्यले पछि वातावरण विज्ञान रोज्नुभएको थियो । काठमाण्डौ विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकसम्म पढ्नुभएकी आचार्यले नर्वेबाट ‘बायो–डाइभर्सिटी इन्भाइरोमेन्ट साइन्स’ मा स्नातकोत्तर गर्नुभएको थियो । स्नातकोत्तर अध्ययनका लागि उहाँले नेपाल र नर्बेजियन सरकारबाट छात्रवृत्ति पाउनुभएको थियो ।

स्नातकोत्तर सकेर नेपाल फर्केपछि उहाँले फोहरमैला व्यवस्थापनमा काम शुरू गर्नुभएको थियो । प्लास्टिक झोलाको प्रयोगलाई निरूत्साहित गर्न आचार्यले सन् २०१४ मा ‘धन्यवाद १ म आफैँ झोला बोक्छु’ अभियानको नेतृत्व गर्नुभएको थियो ।

पर्यावरण अभियन्ताका रूपमा उहाँले नेपालका धेरै ठाउँमा काम गरिसक्नुभएको छ । आचार्यले केही वर्षअघि स्थापना गर्नुभएको ‘अभनी भेन्चर्स’ ले महिला र सीमान्तकृत समुदायका व्यक्तिलाई रोजगारी दिँदै आएको छ ।

फोहरको पुनःप्रयोगमार्फत उद्यमशीलता र दिगो विकासमा काम गर्दै आउनुभएकी आचार्यले जलवायु परिवर्तनको असर न्यूनीकरणमा नीतिगत तहमै रहेर काम गर्ने लक्ष्य रहेको सुनाउनुभयो ।

‘फोहरमैला व्यवस्थापनमा स्थानीय तहहरूसँग मिलेर नमूनायोग्न काम गर्ने योजना छ’, उहाँले भन्नुभयो, ‘पर्यावरण उद्यममार्फत महिला र सीमान्तकृत समुदायलाई आयआर्जनसँग जोड्ने अभियान पनि निरन्तर चलिरहन्छ ।’ उहाँले फोहरमुक्त समाज र देश निर्माणको अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो ।

हरेक घरबाटै फोहर व्यवस्थापनको काम शुरू गर्नुपर्ने भन्दै पर्यावरण जोगाउन सबैले हातेमालो गर्नुपर्ने आचार्यको भनाइ छ । उहाँ ‘अभनी भेन्जर्स’को सह–संस्थापक र निर्देशक हुनुहुन्छ । पर्यावरण उद्यमी आचार्य हिमालहरूलाई प्रदुषणमुक्त बनाउने अभियानसमेत सक्रिय रहँदै आउनुभएको छ ।

आगाामी दिनमा हिमाल र पानीका स्रोत संरक्षणको मुद्दामा केन्द्रित भएर काम गर्ने सोच बनाएको उहाँको भनाइ छ । आचार्यले आरोहीहरूले हिमालमा छाडेको फोहर सङ्कलन गरी त्यसको प्रशोधनमार्फत विभिन्न सामग्री उत्पादन गरी आदिवासी महिलालाई उद्यमशीलतासँग जोड्नु भएको थियो ।

सरकारले देशभर रहेको प्लास्टिकको मात्रा र व्यवस्थापनबारे गरिरहेको अध्ययनमासमेत आचार्य नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । आचार्यले प्लास्टिकमुक्त अभियानलाई निरन्तरता दिने जनाउनुभयो ।

उहाँ नेपाल खबरले गत वर्ष सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलाको सूचीमा समेत पर्नुभएको थियो । हिमाल सफाइ अभियानमा पुर्‍याएको योगदानबापत नेपाली सेनाबाट पनि उहाँ सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

सम्बन्धित

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

बाँके–२ मा एमालेका इस्तियाक राई विजयी

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com