ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समीक्षा गर्छौं -पोखरेल


एबीसी न्यूज
मंसिर १९, २०८१ बुधबार   ५ : ००   बजे

काठमाडौं १९ मंसिर । सत्तारुढ दल नेकपा एमाले का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचन परिणामको समीक्षा गर्ने बताएका छन् ।

उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने पोखरेलको भनाइ छ । न्युज एजेन्सी नेपालसँग बुधबार कुरा गर्दै उनले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत एमाले विजयी भएको उनको भनाइ छ ।

पोखरेलले स्थानीय तहको निर्वाचनलाई लिएर एमाले निराश हुनुपर्ने कारण नरहेको दाबी गरे । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने उनको भनाइ थियो ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहे पनि गत निर्वाचनको भन्दा प्रगति भएको पोखरलको दाबी छ । कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल ५ हजार ३ सय ३४ मत ल्याएर विजयी भएका थिए भने दोस्रो भएमा माओवादीका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए । एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याएर तेस्रो भएका थिए ।

अहिले पुराना राजनीतिक दलहरू ुआउटडेटेडु भए भन्ने भास्य खडा गरिए पनि जनमतबाट पुष्टि हुन नसकेको पोखरेलको दाबी थियो । अहिले एउटा भास्य खडा गरिँदैछ, पुराना दल आउटडेटेड भए । त्यो जनताको मतबाट पुष्टि भएन, कायम छन् भन्यो,’ उनले भने ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को चुनावमा भएका कमजोरीको समीक्षा गर्ने पोखरेलले बताए । काठमाडौं १६ को अध्यक्ष रास्वपाकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी थिइन् । यो वडामा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधर २ हजार २ सय २० मत ल्याएर दोस्रो भएका थिए ।

काठमाडौं महानगरको १६ नम्बरको पनि अवस्था त्यही हो । महत्वपूर्ण वडा हो तर त्यहाँ हामीले जित्न सकेनौं । त्यसमा भएका कमी, कमजोरीलाई हामी हेर्छौं र कसरी सम्हालिनुपर्छ त्यसैगरी अगाडि बढ्छौं,ु उनले भने, उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरूमा थप व्यवस्थित ढंगको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्छौं ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group