ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरको पहिलो जित


एबीसी न्यूज

काठमाडौं १९ मंसिर । ओपनर लोकेश बमको विस्फोटक ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित दर्ता गरेको छ।

बुधबार भएको दिनको दोस्रो खेलमा विराटनगर लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो।

विराटनगरको यो एनपीएलको तेस्रो खेलमा पहिलो जित हो। लुम्बिनीले भने एनपीएलको पहिलो खेलमा नै हार भोगेको छ।

लुम्बिनीले दिएको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १ बलअगावै ८ विकेटको क्षतिमा भेट्टायो।
विराटनगरका ओपनर लोकेश बम ४७ बलमा ३ चौका र ५ छक्का सहयोगमा ७१ रन बनाउँदै पेभेलियन फर्के। मार्टिन गुप्टिल २८ रन बनाउँदा दुर्गेस गुप्ताको बलमा बोल्ड आउट भए। बसिर अहमद ४० रन बनाउँदा क्याच आउट हुन पुगे। प्रतिस जिसी ६ रनमा पेभेलियन फर्के।

 

लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट झारे। साद विन जफर र रामोन सिमोन्डले समान दुई विकेट लिए। विवेक यादवले एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल तयार पारेको थियो।

एनपीएलमा पहिलो खेल खेलिरहेको लुम्बिनीले अहिलेसम्मकै ठूलो योगफल तयार पारेको हो। यसअघि सुदूरपश्चिमले विराटनगरविरुद्ध नै १ सय ८२ रनको विशाल योगफल तयार पारेको थियो।

कप्तान रोहित पौडेलले बनाएको ४६ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो।

कप्तान रोहितले २९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दा राजेश पुलामीको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए। १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाएका टम मोर्स रन आउट भए।

ओपनर आशुतोष घिरैया १५ रन बनाउँदै रन आउट भए। अर्जुन साउद १७ रनमा इस्मत आलको बलमा बोल्ड आउट भए। सन्दीप जोरा १२ रनमा रनआउट हुन पुगे।

साद विन जफर १५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा मार्टिन गुप्टिलको हातबाट क्याच आउट भए। वेन कटिङ ६ रनमा रनआउट भए।

विवेक यादव १९ र रेमोन सिमोन्ड २ रनमा अविजित रहे। लुम्बिनीका चार खेलाडी रन आउट भए।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक विकेट लिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com