ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि पुर्पक्षका लागि थुनामा जाँदा रास्वपाले कार्यवाहक सभापति पाउने, स्वर्णिम र डीपीबीच सहमति


एबीसी न्यूज
मंसिर १९, २०८१ बुधबार   १ : ४०   बजे

काठमाडौं १९ मंसिर ।    राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कार्यवाहक सभापतिको बारेमा अभ्यास सुरु भएको छ । पार्टी सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण अभियोगमा प्रहरी हिरासतमा छन् । लामिछानेको बयान सकेर केही दिनभित्रै उनलाई अदालतमा पेश गरिने तयारी रहेको छ ।

रास्वपा बृत्तमा भने सभापति लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउनसक्ने गाँइगुईँ सुरु भएको छ । यदि अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको खण्डमा कार्यवाहक सभापति को बन्ने भन्नेबारेमा पार्टी उपसभापतिद्वय डीपी अर्याल र डा। स्वर्णीम वाग्लेबीच छलफल भई सहमति जुटिसकेको छ ।

रास्वपाका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीका अनुसार उपसभापति वाग्लेले अर्याललाई कार्यवाहक सभापतिको प्रस्ताव गरेका थिए । अर्यालले वाग्लेको प्रस्ताव सहर्ष स्वीकार गरेको र घोषणा हुनमात्रै बाँकी रहेको पराजुलीले बताए ।
दोषी प्रमाणित नभएसम्म रास्वपाको सभापति लामिछाने नै रहने र यदि अदालतले पूर्पक्षका लागि थुनामा पठाएको खण्डमा डीपी अर्याललाई कार्यवाहक बनाएर कार्यसम्पादन अगाडि बढाइने उनले बताए ।

‘जबसम्म उहाँ दोषी प्रमाणित हुनुहुन्न, तबसम्म उहाँ निर्विकल्प राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हो । स्वर्णिम दाईले डीपीजीलाई प्रस्ताव गरिवरी तय भइसकेको कुरा हो । शिर्फ हामीले घोषणा नगरेको कुरा हो । त्यो घोषणा गर्नका लागि कानुनी प्रक्रियाले कस्तो रुप लिन्छ रु त्यसपछि हामी कुरा गरौंला,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group