ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भियतनाममा बैंक ठगीको मुद्दामा दोषी ठहर भएकी महिलाले मृत्युदण्डको फैसलाविरुद्ध गरेको पुनरावेदन खारेज


एबीसी न्यूज
मंसिर १८, २०८१ मंगलबार   ४ : २९   बजे

काठमाडौं १८ मंसिर । भियतनाममा संसारकै सबैभन्दा ठूलो बैंक ठगीको मुद्दामा दोषी ठहर भएकी एक जना घरजग्गा व्यापारीले मृत्युदण्डको फैसलाविरुद्ध गरेको पुनरावेदन खारेज भएको छ ।

गएको अप्रिल महिनामा भियतनामको एउटा अदालतले ट्रूङ मी लानले गरेको पुनरावेदन खारेज भएको बीबीसीले जनाएको छ । भियतनाममा कुनै पनि वित्तीय अपराधमा महिलालाई पहिलो पटक मृत्युदण्ड सुनाइएको हो ।

प्रायः गोप्यता राख्ने कम्युनिस्ट अधिकारीहरूले यो मुद्दाबारे धेरै कुरा सार्वजनिक गरेका छन् । यो मुद्दामा दुई हजार सात सय जनासँग बयान लिइएको उल्लेख छ । यो मुद्दामा १० सरकारी अभियोजक र झन्डै दुई सय जना वकिल संलग्न थिए । प्रमाणहरू एक सय चार वटा बाकसमा राखिएका छन् जसको तौल ६ टन रहेको छ ।

ट्रूङ मी लानले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी थिइन् । उनले साइगन कमर्शिएल बैंक ९एससीबी० मा गोप्य रूपमा कब्जा जमाएको र १० वर्षको अवधिमा नगद र ऋण गरी ४४ अर्ब अमेरिकी डलर लिएको अदालतले ठहर गरेको थियो । त्यसमध्ये उनले २७ अर्ब डलर अपचलन र १२ अर्ब डलर हिनामिना गरेकी अदालतको ठहर छ ।

अब ट्रूङ मी लानले मृत्युदण्डबाट जोगिन निकै सङ्घर्ष गर्नुपर्ने छ । भियतनामको कानूनअनुसार उनले आफूले हिनामिना गरेको रकमको ७५ प्रतिशत फिर्ता गरेमा उनलाई मृत्युदण्डको सट्टा जन्मकैद हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group