ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भियतनाममा बैंक ठगीको मुद्दामा दोषी ठहर भएकी महिलाले मृत्युदण्डको फैसलाविरुद्ध गरेको पुनरावेदन खारेज


एबीसी न्यूज

काठमाडौं १८ मंसिर । भियतनाममा संसारकै सबैभन्दा ठूलो बैंक ठगीको मुद्दामा दोषी ठहर भएकी एक जना घरजग्गा व्यापारीले मृत्युदण्डको फैसलाविरुद्ध गरेको पुनरावेदन खारेज भएको छ ।

गएको अप्रिल महिनामा भियतनामको एउटा अदालतले ट्रूङ मी लानले गरेको पुनरावेदन खारेज भएको बीबीसीले जनाएको छ । भियतनाममा कुनै पनि वित्तीय अपराधमा महिलालाई पहिलो पटक मृत्युदण्ड सुनाइएको हो ।

प्रायः गोप्यता राख्ने कम्युनिस्ट अधिकारीहरूले यो मुद्दाबारे धेरै कुरा सार्वजनिक गरेका छन् । यो मुद्दामा दुई हजार सात सय जनासँग बयान लिइएको उल्लेख छ । यो मुद्दामा १० सरकारी अभियोजक र झन्डै दुई सय जना वकिल संलग्न थिए । प्रमाणहरू एक सय चार वटा बाकसमा राखिएका छन् जसको तौल ६ टन रहेको छ ।

ट्रूङ मी लानले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी थिइन् । उनले साइगन कमर्शिएल बैंक ९एससीबी० मा गोप्य रूपमा कब्जा जमाएको र १० वर्षको अवधिमा नगद र ऋण गरी ४४ अर्ब अमेरिकी डलर लिएको अदालतले ठहर गरेको थियो । त्यसमध्ये उनले २७ अर्ब डलर अपचलन र १२ अर्ब डलर हिनामिना गरेकी अदालतको ठहर छ ।

अब ट्रूङ मी लानले मृत्युदण्डबाट जोगिन निकै सङ्घर्ष गर्नुपर्ने छ । भियतनामको कानूनअनुसार उनले आफूले हिनामिना गरेको रकमको ७५ प्रतिशत फिर्ता गरेमा उनलाई मृत्युदण्डको सट्टा जन्मकैद हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com