ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतार एयरवेजले भैरहवा उडान रोक्यो


एबीसी न्यूज
मंसिर १८, २०८१ मंगलबार   २ : ३१   बजे

काठमाडौं १८ मंसिर । कतार एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान बन्द गरेको छ । कतारले २७ कात्तिकदेखि १५ मंसिरसम्मका लागि मात्र भैरहवा उडान गर्ने अनुमति लिएको थियो ।

२३ कात्तिकदेखि काठमाडौंमा आधा उडान कटौती भएपछि कतारले भैरहवामा दैनिक एउटा ‘टचडाउन फ्लाइट’ गर्दै आएको थियो । कतारले वाइडबडी एयरबस ३३० विमानबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गरेको थियो । आइतबारदेखि कतारको भैरहवा उडान बन्द भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । कतारको सेवा बन्द भएपछि भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा चारमा झरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान०ले १५ मंसिरपछि पनि भैरहवा उडानका लागि प्रस्ताव पेस गर्न कतार एयरवेजलाई पत्राचार गरेको थियो । तर, कतारले भैरहवा उडानका लागि प्रस्ताव पेस नगरेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । कतारले छलफल गरेर जानकारी पठाउने जवाफ फर्काएको उनको भनाइ छ । कतारको भैरहवा उडान फेरि अनिश्चित बनेको छ ।

कतारले काठमाडौंमा दैनिक चारवटा उडान गर्दै आएको थियो । दैनिक १० घण्टा ९राति १० बजेदेखि बिहान ८ बजेसम्म० त्रिभुवन विमानस्थल बन्द गरेर स्तरोन्नतिका काम सुरु गरेपछि कतारका दुईवटा उडान कटौती भएका थिए । आधा उडान कटौती भएपछि कतारले एउटा उडान भैरहवालाई टच गरेर काठमाडौंमा गर्दै आएको थियो । ‘भैरहवा उडानसहित कतारले काठमाडौंमा दैनिक तीन उडान गर्दै आएको थियो,’ क्यानका सहप्रवक्ता भुलले भने, ‘भैरहवामा उडान नगरेपछि कतारको दोहा–काठमाडौं उडान पनि दुईवटामा झरेका छन् ।’

अहिलेसम्म कतारले भैरहवामा ३८ वटा उडान–अवतरण गरेको छ । जसमार्फत ९३ जना यात्रु मात्र भैरहवा झरेका छन् भने १२ सय तीन यात्रु दोहाबाट भैरहवा ट्रान्जिट भएर काठमाडौं झरेका छन् । यसबिचमा दोहा जानका लागि भैरहवाबाट एकजना पनि यात्रु नचढेको भैरहवा विमानस्थलको तथ्यांकले देखाएको छ । भैरहवामा अहिले एयर एसिया, फ्लाई दुबई, जजिरा एयरवेज र नेपाल वायुसेवा निगमले मात्र नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group