ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल र लेबनान दुवै पक्षद्वारा युद्धविरामको उल्लङ्घन, आक्रमण तीव्र


एबीसी न्यूज
मंसिर १८, २०८१ मंगलबार  ८ : ४१ बजे

काठमाडौं १८ मंसिर । इजरायल र लेबनान दुवै पक्षले युद्धविरामको उल्लङ्घन गरेका छन् । इजरायलले हिजो बेलुका लेबनानमा रहेका हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको हो । हिजबुल्लाहले सैन्य पोस्टलाई निसाना बनाएर आक्रमण गरेको भन्दै इजरायलले त्यसको बदलामा आक्रमण गरेको बताएको छ ।

दुवै पक्षले एकअर्कालाई गएको हप्ताको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् । इजरायलको पछिल्लो आक्रमणमा दुई दक्षिणी लेबनानी गाउँहरूमा नौ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

इजरायली रक्षा बल ९आईडीएफ० ले युद्धविराम सम्झौताप्रति आफ्नो प्रतिबद्धता रहेको भन्दै लेबनानभरि विद्रोही समूह हिजबुल्लाहलाई र उनीहरुको पूर्वाधारमा मात्र लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह आक्रमणलाई युद्धविरामको गम्भीर उल्लङ्घन भन्दै इजरायलले अझै बलपूर्वक जवाफ दिने बताउनुभएको छ । उहाँले हिजबुल्लाहले युद्धविरामका सर्तहरू तोड्यो भने कडा आक्रमण गर्ने चेतावनी शुरूदेखि दिँदै आउनुभएको छ ।

हिजोको हिंसाले इजरायल र हिजबुल्लाहबीच १३ महिनादेखि भइरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गएको हप्ता भएको ६० दिनको युद्धविरामको कार्यान्वयनमा कमजोरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

सम्बन्धित

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com