ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमण: जेलेन्स्की


एबीसी न्यूज

काठमाडौं १३ मंसिर । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा बिहीबार रुसले कैयौँ राउण्ड हवाई आक्रमण गरेको बताउनुभएको छ । रुसी सेनाले लडाकु विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विदुत आपूर्तिमा व्यापक समस्या आएको राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो ।

विशेषज्ञहरूका अनुसार किएभ र मस्को दुवैले लगभग तीन वर्षको युद्धमा व्यापक शक्तिशाली गोलाबारूद्को प्रयोग गरेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभएको छ, धेरै क्षेत्रमा शक्तिशाली विस्फोटक पदार्थ खसालिएको छ भने उनीहरूको हतियारसहितको आक्रमणलाई रेकर्ड गरिएको छ ।

भिडियोमा उनीहरूले नागरिक पूर्वाधारलाईसमेत निशाना बनाएका छन् । युक्रेनले ७९ वटा क्षेप्यास्त्र र ३५ वटा ड्रोन खसालेको उक्त ब्यारेजले १० लाखभन्दा बढी युक्रेनी नागरिकलाई चिसो मौसममा बिजुलीविहीन बनाएको छ । जेलेन्स्कीले भन्नुभयो, “यो रुसी ‘आतङ्कवादी’ रणनीतिको अत्यन्त घृणित वृद्धि हो ।”

सन् २०२२ को फेब्रुअरीमा रुसले युद्ध सुरु गरेयता युक्रेनमा विस्फोटक युद्धसामग्रीले एक हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको वा घाइते भएको ‘क्लस्टर म्युनिशन कोलिशन ९सीएमसी०’ ले सेप्टेम्बरमा आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

“गोलाबारुदले कहिलेकाहीँ लक्षित स्थानमा नलाग्ने तथा नपड्किने हुँदा यसले आक्रमणस्थलमा दीर्घकालीन जोखिम पनि निम्त्याउँछ । तिनीहरूले प्रभावकारीरुपमा बारुदी सुरुङको रूपमा काम गर्छन् जुन वर्षौँपछि पनि विस्फोट हुन सक्छ,” सीएमसीले भनेको छ ।

‘क्लस्टर बम’को प्रयोग, स्थानान्तरण, उत्पादन र भण्डारणलाई निषेध गर्ने सन् २००८ को क्लस्टर युद्ध सामग्रीसम्बन्धी महासन्धिको पक्ष राष्ट्रमा सम्झौतामा हस्ताक्षर गर्ने ११२ राज्यमा रुस र युक्रेन रहेका छैनन् । सन्धिको पक्षराष्ट्र नभएको अर्थात् सन्धिको पक्षमा हस्ताक्षर नगरेको संयुक्त राज्य अमेरिकाले जुलाई २०२३ मा किएभलाई ‘क्लस्टर युद्ध सामग्री’ हस्तान्तरण गर्न सहमत भएको थियो । यो कदमको रुस र अमेरिकाका सहयोगीहरुलेसमेत आलोचना गरेका थिए । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com