ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उहाँको मन्त्रीमण्डल सदस्यलाई बम आक्रमणको धम्की


एबीसी न्यूज
मंसिर १३, २०८१ बिहीबार  ११ : २४ बजे

काठमाडौं १३ मंसिर । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रीमण्डलका धेरै सदस्य र उहाँको ह्वाइट हाउस सदस्यमा छनोट भएकाहरुलाई बम आक्रमणको धम्की आउन थालेको छ ।

धम्कीहरुबारे आफूलाई जानकारी भएको भन्दै अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले धेरै भ्रामक हल्ला पनि फैलिरहेकोले सचेत हुन आवश्यक रहेको बताएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकोले सुरक्षा र अनुसन्धानलाई प्रभावित बनाउने खालका झुट्टा विवरणसहितको टेलिफोन आइरहेको एफबीआईको भनाइ छ ।

ट्रम्पले छनोट गरेका आवास, कृषि र श्रम विभागको नेतृत्व र संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूतको लागि भएको छनोट विरुद्ध धम्कीहरू आइरहेका बीबीसीले जनाएको छ ।

यसअघि चुनावी अभियानका क्रममा दुई वटा हत्या प्रयासबाट बच्न सफल ट्रम्पले त्यतिबेला धम्कीपूर्ण टेलिफोनको सामना गर्नुपरेको थिएन । तर अहिले यस्ता फोन कलले उहाँलाई सताइरहेको खबरमा उल्लेख छ ।

राष्ट्रपति जो बाइडेनलाई धम्कीको बारेमा जानकारी गराएको ह्वाइट हाउसले जनाएको छ । सम्बन्धित सबैलाई सुरक्षाको प्रत्याभूति दिलाउन चुस्त प्रहरी सुरक्षाको व्यवस्था गरेकाले नआत्तिन ह्वाइट हाउसले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com