ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उहाँको मन्त्रीमण्डल सदस्यलाई बम आक्रमणको धम्की


एबीसी न्यूज

काठमाडौं १३ मंसिर । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रीमण्डलका धेरै सदस्य र उहाँको ह्वाइट हाउस सदस्यमा छनोट भएकाहरुलाई बम आक्रमणको धम्की आउन थालेको छ ।

धम्कीहरुबारे आफूलाई जानकारी भएको भन्दै अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले धेरै भ्रामक हल्ला पनि फैलिरहेकोले सचेत हुन आवश्यक रहेको बताएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकोले सुरक्षा र अनुसन्धानलाई प्रभावित बनाउने खालका झुट्टा विवरणसहितको टेलिफोन आइरहेको एफबीआईको भनाइ छ ।

ट्रम्पले छनोट गरेका आवास, कृषि र श्रम विभागको नेतृत्व र संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूतको लागि भएको छनोट विरुद्ध धम्कीहरू आइरहेका बीबीसीले जनाएको छ ।

यसअघि चुनावी अभियानका क्रममा दुई वटा हत्या प्रयासबाट बच्न सफल ट्रम्पले त्यतिबेला धम्कीपूर्ण टेलिफोनको सामना गर्नुपरेको थिएन । तर अहिले यस्ता फोन कलले उहाँलाई सताइरहेको खबरमा उल्लेख छ ।

राष्ट्रपति जो बाइडेनलाई धम्कीको बारेमा जानकारी गराएको ह्वाइट हाउसले जनाएको छ । सम्बन्धित सबैलाई सुरक्षाको प्रत्याभूति दिलाउन चुस्त प्रहरी सुरक्षाको व्यवस्था गरेकाले नआत्तिन ह्वाइट हाउसले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com