ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत


एबीसी न्यूज
मंसिर १२, २०८१ बुधबार  ११ : १० बजे

काठमाडौं १२ मंसिर । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएकोमा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि गाजासँगै लेबनानमा पनि तनाब उत्पन्न भएको थियो । तर गएराति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेसँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने भएको हो ।

सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्नेछ ।

यसैबीच युद्धविराम सम्झौताको हिज्बुल्लाहले उल्लङ्घन गरेमा आक्रमण गर्ने अधिकार इजरायललाई रहेको भन्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

यो युद्धविराम सम्झौता अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले गाजा युद्धमा पनि युद्धविरामका लागि फेरि एकपटक पहल गर्ने आश्वासन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com