ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको पाँच तारे होटलको एक दिनको मुल्य कति?


admin
फाल्गुन २४, २०७४ बिहीबार  ८ : ५३ बजे

काठमाडौं, २४ फागुन । काठमाडौंमा मात्र पाँच तारे होटलको सङ्ख्या १० वटा भन्दा बढी छ । जसमध्ये २ वटा अहिले बन्द अवस्थामा छ । होटल व्यवसाय ग्लामरस तथा आम्दानी र लगानीको हिसाबले पनि राम्रो हुने भएकोले पछिल्लो समय व्यावसायीहरु यस क्षेत्रमा लगानी बढाइरहेका छन् ।

आजभोली इभेन्ट, फङसन, र विभिन्न कार्यक्रमहरु पाचँतारे होटलमा गर्ने चलन बढेर गएको छ । यी सुविधासम्पन्न, लक्जरियस होटलमा कार्यक्रम गर्न दिनको कति खर्च लाग्छ भनेर हामीले यहाँ सूची बनाएका छौ । मुख्यत: कार्यक्रमको आकँडा हेरेर बजेट निकालिने भएकोले यहाँ हामीले होटलले लिने प्रति दिनको न्युनतम मुल्यलाई मात्र उल्लेख गरेका छौ-

1. होटल मल्ल

काठमाडौंको ठमेलमा रहेको पाँच तारे होटल मल्ल सुविधासम्पन्न होटल हो । सदाबाहार भरिभराउ हुने उक्त होटलमा पर्यटकका लागि सवै सेवा सुविधा उपलव्ध रहेका छन् । पर्यटको लागि एकरातको १९ हजार ६ सय ३९ रुपैयाँ रहेको छ ।

2. हायत होटल


हायत रिजेन्सी होटल काठमाडौंको बौद्धमा रहेको छ । पर्यटकको लागि एक रातको १८ हजार ६ सय ९७ रुपैयाँ पर्दछ । नेपालको लक्जरी होटलको सूचीमा रहेको हायत रिजेन्सी पनि चेन होटल हो ।

3. याक एन्ड यति


काठमाडौंको दरबार मार्गमा अवस्थित होटल याक एन्ड यति होटल चर्चित पाँच तारे होटल हो । सबै सेवा सुविधासम्पन्न होटल पर्यटकले सदाबहार भरिभराऊ हुने गर्छ । होटलमा पर्यटकले १३ हजार ५ सय ६४ रुपैयाँ रुम पाउने छन् ।

4 . होटल सोल्टी

नेपालमा सबैभन्दा राम्रो र सुविधासम्पन्न पाँचतारे होटलको सूचीमा रहेको क्राउन प्लजा सोल्टी काठमाडौंको हो । नेपालमा आउने ठूला भीभीआइपीहरु बस्नको लागि बढी प्रयोग हुने उक्त होटलमा विश्वमा पाइने सवै प्रकारका सेवा सुविधा छन् ।

धेरैलाई लाग्न सक्छ त्यहाँ बस्न सकिदैन । तर सोल्टी होटलमा पनि एकरातको १३ हजार ३ सय ४५ रुपैयाँ तिर्ने हो भने बस्न सकिन्छ । सबैभन्दा सस्तो रुम १३ हजार ३ सय ४५ रुपैयाँबाट सुरु हुने उक्त होटलमा ५० हजार रुपैयाँ पर्ने रुम समेत रहेको छ ।

5. होटल अन्नपूर्ण


दरबारमार्गमा रहेको होटल अन्नपूर्ण होटल पाँच तारे होटल हो । सुविधासम्पन्न उक्त अन्नपूर्ण होटलमा पर्यटकलाई एकरातको १२ हजार ९ सय ७१ रुपैयाँ रहेको छ ।

6. साँग्रिला होटल


काठमाडौंको लाजिम्पाटमा रहेको साँग्रिला होटल पाँच तारे सुविधासम्पन्न होटल हो । सदाबाहार पर्यटकले भरिभराऊ हुने उक्त होटल पनि सबै प्रकारका सुविधाहरु पाउन सकिन्छ । साँग्रिला होटलमा एकरातको १२ हजार ५ सय ५६ रुपैयाँ प्रतिरातको तिर्नुपिर्ने हुन्छ ।

7. र्याडिसन होटल काठमाडौं

लाजिम्पाट स्थित र्याडिसन चेन होटल हो । सबै सेवा सुविधासम्पन्न रहेको उक्त होटलमा पर्यटकको लागि १२ हजार १ सय १८ रुपैयाँ पर्दछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com