ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झारखण्डमा इन्डिया गठबन्धन बहुमत, बिजेपीको एन्डिए पराजित


एबीसी न्यूज

काठमाडौं ९ मंसिर । भारतमा भएको राज्यस्तरको चुनावमा बिजेपी गठबन्धनको मिश्रित नतिजा आएको छ । चुनावी परिणामहरूका अनुसार महाराष्ट्रमा बिजेपी नेतृत्वले कांग्रेस तथा शिवसेनाको गठबन्धनलाई पराजित गरेको छ ।

राज्यका २२० सिटमा बेजेपी गठबन्धन ‘महायुती’ले अग्रता लिएको भारतीय मिडिया लाइभ मिन्टले उल्लेख गरेको छ । २८८ सिटको चुनावमा बिजेपी गठबन्धनलाई यो ठूलो जित हो ।

खासगरि महाराष्ट्रको राज्य शक्तिको रूपमा हेरिएको शिव सेनालाई यो जितले धक्का दिएको छ । यद्यपि शिव सेनाको सिन्धे घटक भने बिजेपीसँगै थियो । एकनाथ सिन्धे नै मुख्यमन्त्री थिए ।

८१ सिट भएको झारखण्ड चुनावमा भने बिजेपी पाखा लागेको छ । लाइभ मिन्टका अनुसार कंग्रेस नेतृत्वको इण्डिया गठबन्धनले ५६ सिट जितिसकेको छ । उसो त यस अगाडि पनि बिजेपी झारखण्डमा सत्तामा थिएन । मुख्यमन्त्री थिए झारखण्ड मुक्ति मोर्चाका हेमन्त सोरेन ।

आदिवासी मत तान्न नसकेर बिजेपी कमजोर भएको बताइएको छ ।
झारखण्डको इतिहासमा प्रथम मुख्यमन्त्रीसहित पाँचपटक मुख्यमन्त्री बनाएको बिजेपीले यो पटक सत्तामा आउने बाटो जनताबाट पाएन ।

उपचुनावमा बिजेपी टीमले बढायो सिट, घटायो कंग्रेसले

लाइभ मिन्टका अनुसार भारतमा भएको ४६ सिटको उपचुनावमा उत्तरी क्षेत्रमा बिजेपी तथा दक्षिणी क्षेत्रमा कंग्रेस हाबी भएका छन् भने पश्चिम बंगलामा त्रिणमुलको पटक जारी देखिएको छ ।

उपचुनावमा बिजेपी गठबन्धनले २६ सिट ल्याएको छ । यो भनेको ९ सिटले बढी हो । कंग्रेस गठबन्धनले सात सिट जितेको छ । यो भनेको ६ सिट घाटा हो । त्रिणमुल कंग्रेसले ६ सिट जितेको छ भने आम आद्मी पार्टी र समाजवादी पार्टीले क्रमशः ३ र २ सिट जितेका छन् ।

यस्तै सिक्किममा भएको लोकसभा उपचुनावमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चाले दुवै सिट जितेको छ, भने कंग्रेस नेतृ प्रियङ्का गान्धीले ४ लाख बढी मतान्तरले वायानाडबाट विजय भएकी छिन् । उक्त सिट राहुलले छोडेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com