ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो


एबीसी न्यूज
मंसिर ९, २०८१ आईतबार  ११ : १२ बजे

काठमाडौं ९ मंसिर । पाकिस्तानमा धार्मिक हिंसा भडकिँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । यस्तै ४७ जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तमा शिया र सुन्नी मुसलमान समुदायबीच भएको झडपमा १४ सुन्नी र १८ शिया समुदायका मानिसको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

हिजो राति आक्रोशित शिया समुदायका व्यक्तिहरूको समूहले सुन्नीको बाहुल्यता रहेको बागान बजारमा आक्रमण गरेको थियो । आक्रमणपछि उनीहरूले बजारका सबै घर र गाउँका घरहरूमा समेत पेट्रोल छर्किएर आगो लगाएका एक जना वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । तीन सय वटाभन्दा धेरै पसल र एक सय वटाभन्दा धेरै घर जलेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

अस्ति मात्रै एउटा बसमा भएको आक्रमणमा ४३ जनाको ज्यान गएको थियो । अफगानिस्तानको सिमानामा रहेको पहाडी खैबर पख्तुनख्वा प्रान्तमा सुन्नी र शिया मुसलमानबीच भएका झडपमा पछिल्लो एक महिनामै एक सय ५० जनाभन्दा धेरैको ज्यान गएको छ ।

विभिन्न शहर र गाउँ–गाउँमा धार्मिक हिंसा भड्किएकाले अवस्था नाजुक रहेको स्थानीय प्रशासनले जनाएका छन् । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाएर र स्थानीय बूढापाकालाई वार्ताको अग्रसरता लिन लगाएर हिंसा कम गर्ने प्रयास भइरहेको छ ।

भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com