ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकविरुद्ध पेटेन्ट चोरीको मुद्धा दायर


admin
फाल्गुन २४, २०७४ बिहीबार  ६ : ०४ बजे

काठमाडौं, २४ फागुन । फेसबुकविरुद्ध क्यानडाको टेक्नोलोजी कम्पनी ब्लाकबेरीले पेटेन्ट चोरीको मुद्धा दायर गरेको छ ।

मंगलबार पेटेन्ट उल्लंघनको आरोप लगाउँदै फेसबुक तथा उसका अन्य दुई भ्रातृ कम्पनीहरु ह्वाट्सएप र इन्स्टाग्रामविरुद्ध मुद्दा दायर गरेको हो ।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले आफ्नो ब्लाकबेरी मेसेन्जरको प्रविधि तथा फिचर्स हुबहु नक्कल गरेको दाबी ब्लाकबेरीको छ ।

ब्लाकबेरीले अमेरिकाको लस एन्जल्स संघीय अदालतमा पेटेन्ट उल्लंघनको मुद्दा दर्ता गरेको हो ।

कम्पनीले विज्ञप्ती जारी गर्दै भनेको छ– फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामले ब्लाकबेरीको आविष्कार तथा प्रविधिलाई नक्कल गरी मोबाइल मेसेजिंग एप बनाएको छ । यी सबैले हाम्रा कैयन् इनोभेटिभ सेक्योरिटी फिचर, युजर इन्टरफेस तथा फंक्सनालिटी इन्ह्यान्सिंग जस्ता फिचर्स नक्कल गरेका छन् । साथै, मननीय पक्ष के छ भने फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले मोबाइल मेसेजिंगको दुनियाँमा ढिलो गरी कदम राखेका हुन् ।’

ब्लाकबेरीले मुद्दा दर्ता गर्दै फेसबुक विरुद्ध कानूनी कारवाहीको चेतावनी दिएको छ । उसका अनुसार फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले ब्लाकबेरीको बौद्धिक सम्पत्ति अधिकार अर्थात् आइपीआर उल्लंघन गरेका छन् । त्यसैले ती कम्पनीविरुद्ध कानूनी कारवाही गर्नु उसका शेयरधनीहरु प्रतिको दायित्व हो ।

यस विषयमा फेसबुकका जनरल काउन्सिल पल ग्रेवालले प्रतिक्रिया दिँदै भनेका छन्, ‘ब्लाकबेरीको तर्फबाट दर्ता गरिएको मुद्दाले कम्पनीको मौजुदा मेसेजिंग बिजनेसको अवस्थालाई दर्शाउँदछ । कम्पनी आविष्कारको मोर्चामा विफल भएसँगै अब अरुको आविष्कारमाथि प्रश्न गरिरहेको छ । हामी यसको विरुद्धमा लड्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

सम्बन्धित

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

‘सुदृढीकरणको’ वृहत् रणनीति

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com