ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा मन्त्री हुन कुनै योग्यता चाहिँदैन, नेताले मन पराए भइहाल्यो – मन्त्री गुरुङ


एबीसी न्यूज

काठमाडौं ५ मंसिर । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताए । चुनाव जितेर आएपछि नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने उनको भनाइ थियो ।

काठमाडौंमा बुधबार आयोजित विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहमा मन्त्री गुरुङले नेपालमा मन्त्रालय संचालनका लागि कुनै योग्यता चाहिने अभ्यास र कानुनी व्यवस्था नरहेको बताएका हुन् । हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । तपाईंहरू ९मतदाता०ले जिताइदिएपछि पुगिहाल्यो । त्यो मन्त्रालय चलाउन यति क्वालिफिकेसन, अनुभव, योग्यता चाहिन्छ भन्नेकुरा केही पनि छैन । चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो । त्यो हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र नै पाएको छैन,ु गुरुङले भने, ुखेलकुदको ुखु नबुझ्नेहरू जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु म । वन नै नबुझेको मान्छेहरू वनमन्त्री भइरहेको हुन्छ । त्यस्तै त्यस्तै म पनि त्यही भित्र पर्छु जस्तो लाग्छ । म यो सञ्चारको धेरै कुरा नै बुझेको छैन ।

नेपाली समाज ढोंगी रहेको पनि मन्त्री गुरुङको भनाइ थियो । ‘हाम्रो समाज नै ढोंगी समाज भयो । समाज एकदम ढोंगी समाज छ । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने । भोलिको दिन के काम गर्नुपर्छ भन्नेकुरा बिर्सिने । हामी जस्ता नेताको काम त्यही भइरहेको छ,ु मन्त्री गुरुङले भने, ुयो ढोंगी चिजहरू नगरौँ भन्ने मान्यता मेरो हो ।

 

नेताहरू जता गयो त्यतैको भाषा बोल्ने समस्या रहेको पनि उनको भनाइ थियो । नेपालमा लोकरिझ्याइँको राजनीति फस्टाउँदै गएको उनको भनाइ थियो । कलाकारको बीचमा आयो म पनि कलाकार नै थिएँ । मजदुरको बीचमा गयो भने म पनि मजदुरकै नेता नै थिएँ भन्दिने, उनले भने, लोकरिझ्याँईको पोलिटिक्स गलत कुरा हो । जे सही हो सही भन्नुपर्छ, जे गलत हो गलत भन्नुपर्छ । हामी जस्तो मन्त्रीहरू सबै बुझेको छु भन्छ ।

आफूले सञ्चार क्षेत्र धेरै नबुझे पनि जनताका लागि काम गर्ने र जे हो त्यै बोल्ने मन्त्री गुरुङको दाबी थियो । जनतालाई नढाँट्ने र जति सकिन्छ त्यति मात्रै गर्ने भन्ने व्यक्तिभित्र आफू पर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

केन्द्रीय कार्य समितिमा पूर्णबहादुरको ब्रिफिङः गगन–विश्वले धोका दिए, पार्टी फुटतिर गयो

कांग्रेस बैठकमा कानुन व्यवसायी पनि सहभागी, विशेष महाधिवेशनको चुनाव बेलुका ८ बजेमात्र

सम्बन्धित

केन्द्रीय कार्य समितिमा पूर्णबहादुरको ब्रिफिङः गगन–विश्वले धोका दिए, पार्टी फुटतिर गयो

कांग्रेस बैठकमा कानुन व्यवसायी पनि सहभागी, विशेष महाधिवेशनको चुनाव बेलुका ८ बजेमात्र

कांग्रेसको केन्द्रीय समिति बैठक ६ घन्टापछि सुरु

ओली : जेन जी आन्दोलन सुनियोजित षड्यन्त्र, संसद् भवनमा असामाजिक तत्वको आक्रमण(आरटीसँगको अन्तर्वार्ता)

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com