ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जेन्टिना विश्वकपका लागि छनोट : चीनलाई हराउँदै जापान छनोट नजिक


एबीसी न्यूज

काठमाडौं ५ मंसिर । अर्जेन्टिना फिफा विश्वकप सन् २०२६ का लागि छनोट भएको छ । आज बिहान घरेलु मैदान ब्यूनर्स आयर्समा भएको छनोट खेलमा पेरुलाई एक गोलले हराउँदै अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गरेको हो ।

लिओनल मेस्सीको कप्तानीमा रहेको साविक विजेता टोली अर्जेन्टिनाको १२ खेलमा २५ अङ्क भएको छ । दक्षिण अमेरिकाबाट विश्वकपमा ६ देशले स्थान बनाउने छन् । त्यसअनुसार अर्जेन्टिना कम्तीमा छैटौं स्थानका लागि सुरक्षित भएको छ । घरेलु मैदानमा उसका लौटरो मार्टिनेजले खेलको ५५ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यस्तै चीनलाई हराउँदै जापान विश्वकप छनोट नजिक पुगेको छ । एशियाली छनोट अन्र्तगत आज बिहान चीनको सिमेनमा भएको खेलमा जापानले चीनलाई ३–१ गोलले हरायो । जापान समूह ‘सी’ मा छ खेलमा १६ अङ्कका साथ पहिलो स्थानमा छ ।

समूह ‘सी’ को इन्डोनेसियाले साउदीलाई २–० गोलले हरायो । यस्तै इरानले किर्गिस्तानलाई ३–२ गोलले हराएको छ । इरान समूह ‘ए’ मा छ खेलमा १६ अङ्कसहित शीर्षमा स्थानमा छ । समूह ‘बी’ मा शीर्ष टोली दक्षिण कोरियाको छ खेलबाट १४ अङ्क छ । दक्षिण कोरियाले प्यालेस्टाइनसँग १–१ को बराबरी खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com