ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामो दूरीको मिसाइलबाट रुसको भित्री भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति


एबीसी न्यूज
मंसिर ३, २०८१ सोमबार  १२ : २६ बजे

काठमाडौं ३ मंसिर । अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसको भित्री भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिनुभएको छ । कार्यकाल सकिन दुई महिना मात्र बाँकी रहेको र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्ने बताइरहेका बेला बाइडेनले युक्रेनलाई आक्रमणको अनुमति दिनुभएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार यसअघि प्रयोग गर्न बन्देज गरिएका लामो दूरीका मिसाइल रुसी भूमिमा हान्न बाइडेनले अनुमति दिनुभएको हो । १० हजारभन्दा धेरै उत्तर कोरियाली सेना रुसमा पुगेको जानकारी सार्वजनिक भएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो ।

यसअघि हिजो रुसले युक्रेनमा सेप्टेम्बर महिनापछिकै ठूलो आक्रमण गरेको थियो । अमेरिकासँगै फ्रान्स र बेलायतले पनि आफूले यस अगाडि रुसी भित्री भागमा मार हान्न अनुमति नदिएका मिसाइल प्रयोग गर्न अनुमति दिएका छन् ।

आजै सार्वजनिक भएको एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले रुसको आग्रह नटेरी लामो मिसाइल हान्न दिनु भनेको पश्चिमा देश सिधा युद्धमा भाग लिएको हुनाले रुसले कुनै पनि बेला नेटो पोस्टमा आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com