ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले दिने भयो ७५ अर्ब ऋण, तर सर्तै सर्त राखेर


admin

काठमाडौं, २३ फागुन । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि काठमाडौंमा भएको दाता सम्मेलनमा भारतले १ खर्ब दिने बाचा गरे अनुरुप नेपाललाई सहुलियत ऋण दिने प्रक्रिया अघि बढाएको छ ।

भारतले भौतिकपूर्ण पुननिर्माणका लागि ७५ अर्ब सहुलियत ऋण एक्जिम बैंकबाट लिन सरकारलाई आग्रह गरेको छ । यससंगै भारतले आफूले दिने रकमको ठूलो हिस्सा ठूला परियोजनामा खर्च गर्नुपर्नेदेखि ठेकेदार भारतीय हुनुपर्ने र निर्माण सामाग्री आफ्नो देशबाट आयात गर्नुपर्ने लगायतका सर्तहरु राखेको छ ।

समान्यतया एक्जिम बैंकले गर्ने लगानीमा हुने शर्तहरु नै पुनर्निर्माणका लागि पनि राखिएको छ ।

यस्ता छन् भारतका सर्तहरु

भारतले आफूले दिन लागेको सहुलियत ऋण ठूला पुनर्निर्माण परियोजनामा खर्च गर्न प्रस्ताव गरेको छ । मुख्य रुपमा ऐतिहासिक महत्वका पुरातात्विक सम्पदाहरु पुनर्निर्माणमा लगाउन प्राधिकरणसमक्ष पटक-पटक आग्रह गरेको पाइएको छ ।

यसले २० वर्षमा तिर्नुपर्ने गरी पाउन लागेको रकम पनि नेपालको आवश्यकता भन्दा भारतले चाहेको ठाउँमा खर्च गर्नुपर्ने अवस्था आएको एक अधिकारी बताउँछन् ।

भारतले नेपालसामू ऋण लिन विभिन्न सर्तहरु तेस्र्याएको छ । उसले ऋण लिएर सञ्चालन गर्ने परियोजनामा प्रयोग हुने समाग्री आफ्नै देशले आयात गरेको हुनुपर्ने सर्त राखेको छ । यति मात्र होइन, भारतीय ठेकेदारले नै त्यसमा ठेक्का पाउनुपर्ने र कन्सलटेन्टको काम पनि भारतीय पक्षले नै गर्न पाउनुपर्ने सर्त राखेको छ ।

पुनर्निर्माण प्राधिकरण सबै सर्त मानेर भएपनि रकम ल्याउन तयार देखिएको छ ।

भारतले भने पशुपतिनाथका साथै अन्य पुरातात्विक सम्पदा पुननिर्माणमा चासो देखाएको छ ।

सम्पदाविद लगायतले भने पुरातात्विक सम्पदा पुनर्निर्माण नेपाल सरकारले नै गर्नु पर्ने मत राख्छन् । साथै आफूले दिन सहुलियत ऋण पुरातात्विक सम्पदा पुनर्निर्माणमा गर्नु पर्ने भारतको सर्त अर्थपूर्ण भएको उनीहरु बताउँछन् ।

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता भुसाल भने पशुपति मन्दिर र त्यसभित्रका धेरै क्षतग्रस्त संरचनाको पुननिर्माण आफ्नै स्रोतबाट सुरु भइसकेको बताउँछन् । तर, पशुपति क्षेत्रको एउटा मन्दिरको पुनर्निर्माण भने भारतलाई दिन लागिएको छ ।

सहुलियत ऋणबाट ललितपुरको पुरातात्विक हरिहर भवन पुनर्निर्माण गर्ने प्राधिकरणको प्रस्ताव छ । यसका साथै विश्वविद्यालयका भवन, केही सरकारी भवन र पुरातात्विक सम्पदा पुनर्निर्माण गरिने प्रवक्ता भुसालले जानकारी दिए ।

भारतबाट ल्याइने रकम कहाँ-कहाँ खर्च गर्ने भन्ने निक्र्योल गरेपछि पुनर्निर्माण प्राधिकरण, एक्जिम बैंक र सम्बिन्धत परियोजनाबीच त्रिपक्षीय सम्झौताहरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com